• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

एसईई परीक्षा दिंदै करिश्मा, शान्ता चौधरी छोरीसँगै परीक्षामा

काठमाडौं । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा  नायिका करिष्मा मानन्धर पनि सहभागी भएकी छन् । 

 

काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक बोर्डिङ स्कुलकी छात्रा मानन्धर डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । ४५ वर्षीया मानन्धरले सो स्कुलमा ८ कक्षामा भर्ना भएर पढ्दै आएकी थिइन् ।

 

परीक्षा दिनका लागि मानन्धर आफैं बा। ९ च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्रमा पुगेकी थिइन् ।यसैगरी प्रतिनिधिसभा सदस्य शान्ता चौधरी पनि यस वर्षको एसईई परीक्षामा सहभागी भएकी छन् ।

 

२०७३ सालमा दाङको घोराहीस्थित डाँडागाउँ माविमा कक्षा ८ मा भर्ना भएकी चौधरीले यस वर्ष एसईई परीक्षा दिएकी हुन् । उनीसँगै छोरी विनु चौधरी पनि एसईईमा सहभागी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार