• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

‘बैज्ञानिक शिक्षा अहिलेको आवश्यक्ता’

आजकल केमा व्यस्त हुनुहुन्छ ?
नयाँ शैक्षिक सत्र २०७६ को संघारमा छौं । त्यसकै तयारीमा जुटेका छौं । शैक्षिक सत्रका लागि भित्तेपात्रो बनाउने, शिक्षकहरुको बिदालाई परिपुर्ति गर्ने र शैक्षिक सत्रका योजनाहरु बनाउन, कसरी अगाडि जाने, बाहिरको किताबको ब्यवस्था लगायतका कार्यक्रमहरु लागिरहेका छौं । 
 

 

शैक्षिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो पृष्ठभूमि कानुन हो । म कानुनको पढेको विद्यार्थी हुँ । पछि मैले लामो समय देखि यो क्षेत्रमा काम गरिरहेको साथी भेटे, वारिन फेब्री । उहाँसंगको संगतले म यो क्षेत्रमा प्रवेश गरे । पछि  शिक्षा शास्त्रमा पनि डिग्री लिए । विगत २१ वर्ष देखि यो क्षेत्रमा निरन्तर रुपमा लागिरहेको छु । विद्यालय सञ्चालक, प्रिन्सिपलको रुपमा लामो समय काम गरे । अहिले एपेक्स लाइफ स्कुलमा कार्यकारी निर्देशकको रुपमा काम गरिरहेको छु । 
 

 

एपेक्स लाइफ स्कुल कस्तो शैक्षिक संस्था हो  ?
हामी विशेष गरेर एउटा बालकलाई पूर्ण मानव कसरी बनाउन सकिन्छ । शिक्षा भनेको प्रमाणपत्रका लागि मात्र होइन जीवनका लागि पनि हो भन्ने मान्यताका साथ ‘स्कुलिङ फर लाइफ’ भनेर हाम्रो मुल नाराका सहित अघि बढिरहेका छौं । स्कुलका जति पनि कार्यक्रमहरु छन् ती कार्यक्रम प्रमाणपत्रका लागि मात्रै नभएर बच्चाहरुको ज्ञानको तहलाई कसरी माथि बढाउन सकिन्छ र बच्चाहरुलाई अन्वेषण गर्ने मौका कसरी दिन सकिन्छ भन्नेमा बढी केन्द्रित हुन्छौं । बच्चाहरुलाई एक्सपोजर दिन सकिन्छ भनेर नै  त्यस्ता विषयहरुमा बढी कार्यक्रमहरु गर्दै आएका छौं । अहिले एपेक्स लाइफ स्कुल पुरै स्कुलिङ सिस्टममा आधारित छ । हाम्रो स्कुल विहान ८ः१५ मा सुरु हुन्छ र ४ः४५ पछि स्कुलमा बच्चाहरुको प्रस्थान समय रहन्छ । यो पुरै स्कुलिङ सिस्टममा लगभग सवा ८ घण्टा हामी विद्यालयमा विद्यार्थीहरुलाई राख्ने गर्छाैं ।

 

दुई बजेसम्म सरकारीको पाठ्यक्रम आधारमा बच्चाहरुलाई शिक्षण गर्ने गर्छौं । २ बजे पछाडि पाठ्यक्रम गतिविधि र सिर्जनात्मक अभिव्यक्तिका विभिन्न क्लवहरु छन् । प्रत्येक दिन १८ जना प्रशिक्षकहरु यहाँ आउने गर्नुहुन्छ । त्यस सम्बन्धी कार्यक्रमहरु हप्तामा ६ दिन चलाउंछौ । जसले गर्दा बच्चाहरुको मनोवैज्ञानिक उपस्थिति शिक्षा र व्यवहारीक ज्ञानको आदानप्रदान सिकाइहरु हुने गर्छ । आजको आवश्यकता पनि बच्चाहरको सर्वाङगीण विकास नै हो । यसमा हामीले विशेष जोड दिएका छौं । 
 

 

बच्चाहरु एपेक्स लाइफ स्कुलमा नै आउनुपर्ने कारण के छ ?
सबै भन्दा ठूलो कुरा बच्चाहरुको यो सर्वाङ्गीण विकास हो । यसमा विशेषगरी चार वटा अंग हुन्छ । मानव विकासमा चार वटा अंगले विशेष महत्व राख्दछ । त्यो भनेको पहिलो सामुदायिक विकास, शारिरीक विकास, सामाजिक र भावविशिष्ट विकास । यो सबैको बराबर विकास भयो भने एउटा बालक पूर्ण रुपमा मानव बन्न सक्छ । शारिरीक विकास राम्रो भयो तर सामाजिक र भावविशिष्ट विकास राम्रो हुन सकेन भने उसको सर्वाङगीण विकास हुन सक्दैन् ।

 

त्यसकारण चारवटै पक्षलाई विशेष महत्वका साथ अगाडि बढाउंछौं । अर्काे महत्वपूर्ण कुरा के छ भने मस्तिष्क, शरिर र आत्म । हामी किताबहरु मात्र पढाउने होइन, एउटा बालकको मस्तिष्क, शरिर र आत्म बराबर विकास हुनुपर्छ भन्ने मान्यता राख्छौं र सोही अनुसार उनीहरुलाई विभिन्न अभ्यासहरु गराउर्दै आएका छौं । मस्तिष्क भनेको समुदाय विकास हो, शरिर भनेको शारिरीक विकास, आत्म भनेको आध्यात्मिक । आध्यात्मिक बिषयको ज्ञान किताबले दिदैन् । भित्रको सन्तुष्टि, आनन्द, खुसी, बच्चाहरुलाई उमंग, जोस, करियर प्रतिको चेतना त्यो आध्यात्मिकताले दिन्छ ।

 

आध्यात्मिकता विशेष गरेर जहाँ विज्ञानको अन्त्य हुन्छ, त्यहाँ आध्यात्मिकता सुरु हुन्छ । जुन कुरा आध्यात्मिकताले दिन सक्छ त्यो कुरा विज्ञानले दिन सक्दैन । बिज्ञानको आविष्कारले मानव जीवनलाई सहज बनाउंछ । हरेक कुराबाट सहज बनाएको छ । म गर्न सक्छु भन्ने आत्मबल बढाउनलाई आध्यत्मिकता चाहिन्छ । आध्यात्मिकता भनेको संस्कार, विचारमा परिवर्तन गर्नु हो । मान्छेलाई रुपान्तरण गर्नु हो । हामी यो तीनवटा कुरालाई फोकस गर्छौ ।

 

अर्को कुरा हाम्रो शिक्षाले के भन्छ भने २१ औं शताब्दीको शिक्षा भनेको चौथो औद्योगिक क्रान्ती हो । हामीले तेस्रो औद्योगिक क्रान्ती पनि पार गरिसकेका छौं । त्यो भनेको प्राविधिक जानकारी, तेस्रो औद्योगिक क्रान्ति भनेर बुझिन्छ । अहिले चौथो औद्योगिक क्रान्ति भन्ने वित्तिकै डिजिटल युगको युग हो । यो युगमा प्रवेश गरिसकेपछि शिक्षा भनेको टाउको, हात, र मुटु भनिन्छ । यो तीनको समायोजनले मात्रै एउटा बालकलाई पूर्ण मानव बनाउन सक्छ । हामी त्यो कुरामा बढी केन्द्रित हुदैं हाम्रा शैक्षिक कार्यक्रमहरुमा ध्यान दिदै आइरहेका छौं । 
 

 

यहाँहरुले पाठयपुस्तक भन्दा अन्य गतिविधिलाई जोड दिनुभयो भन्ने सुनिन्छ नि ? 
किताब मात्र पढेर बच्चाले धेरै कुरा सिक्छ भन्ने हुंदैन । बच्चालाई अन्य बाहिरी ज्ञान पनि आवश्यक हुन्छ । हिजोको पढाई र आजको पढाईमा फरक छ । हिजोको पढाइमा कस्तो खालको सोच थियो भने बच्चा एउटा स्कुलमा प्रवेश गर्दा ज्ञान विनाको प्रवेश गर्छ । हामी तपाईले जे चाहनुहुन्छ त्यो बनाउछौं भन्ने हिजोको शिक्षा थियो । आजको शिक्षा के छ भने, हरेक बच्चा संग कुनै न कुनै अन्तरनिहित प्रतिभा हुन्छ । बच्चाको रुची र प्रतिभालाई ख्याल गर्दै उसका शिक्षण सिकाईमा हामीले ध्यान दिने गरेका छौं । त्यसैले हिजोको शिक्षा र आजको शिक्षाको विषयमा सोच परिवर्तन आएको छ । अङ्क मात्र अभिभावकलाई देखाइ दिएर, प्रमाणपत्र मात्र दिएर शिक्षा पुरा हुन्छ जस्तो मलाई लाग्दैन । आजको २१ औं शताब्दीको शिक्षा जीवनको लागि हो । शिक्षालाई अझ कसरी परिभाषीत गरिन्छ भने शिक्षा भनेको ज्ञान मात्र होइन कर्म पनि हो । शिक्षा ज्ञान मात्र रह्यो भने त्यो पूरा हुन सक्दैन् । त्यसमा कर्म पनि जोडियो भने त्यो पुरा हुन सक्छ । 
 

 

तपाई एन प्याब्सनको महासचिव, एन प्याब्सनको अहिलेको अवस्था कस्तो  छ ?
म एन प्याब्सनको महासचिव हुँ । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले एउटा प्रतिवेदन पेस गरेको छ । शिक्षा एन २०२८ पछि लामो अन्तराल पछाडी नवौं संशोधन गरेर नेपालमा संघीय शिक्षा ऐन २०७५ आउँदैछ । त्यसैलाई रुपान्तरण अर्थात परिस्कृत गर्ने नाममा राष्ट्रिय उच्च शिक्षा आयोग गठन गरियो । पहिलो कुरा त्यसमा विद्यालय शिक्षामा लगभग ३० प्रतिशत ओगट्ने निजि विद्यालयहरुलाई व्यवस्था गरी लोकतान्त्रिक मुलुकमा अलोकतान्त्रिक पक्रियाबाट हामीहरुको उपस्थिति विना उहाँहरुले जुन आयोग गठन गर्नुभयो र त्यो आयोगले जुन किसिमले निवेदन पेश गरेको छ ती सबै लजासपद विभेदकारी नीतिहरु छन् ।

 

निजी विद्यालयलाई नियमन व्यवस्थित गर्ने नाममा नियोजन गर्ने हिसावले उहाँहरु अगाडि बढेको देखिन्छ । उहाँहरुमा सामुदायिक  विद्यालयको प्रगतिको बाधक निजी विद्यालय हो भन्ने सोचाई छ जुन कुरा सामुदायिक विद्यालयमा कुनै किसिमको अप्ठ्यारो स्थिति निजी विद्यालयले गरेको छैन् । संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क हुनुपर्छ भन्ने मान्यता राखेको छ । आधारभूत शिक्षा निशुल्क र अनिवार्य हुनुपर्छ तर सरकारबाट जति पनि सञ्चालित विद्यालयहरु छन् । अहिलेको कुरा गर्‍यौं भने १०.२ प्रतिशत शिक्षामा बजेट विनियोजन भएको छ । त्यो भनेको कुल बजेटको १०.२ प्रतिशत हो । यसमा लगभग १ खर्ब २७ अर्ब जति पर्छ ।पैसा विनियोजन भएको छ त्यहाँ कसरी निशुल्क भयो । त्यो पनि जनताले बुझाएको करबाट सञ्चालित विद्यालय हो । त्यसलाई राम्रो गर्न नसक्ने, सामुदायिक विद्यालयको स्तर उन्नति गर्ने तिर नलाग्ने त्यसलाई ढाकछोपको लागि निजी विद्यालयमा प्रहार भएको छ । यो वास्तवमा एकदमै उहाँहरको संकिर्ण मानसिकता हो ।

 

यसले निजी विद्यालयका सञ्चालकहरुलाई निरुत्साहित, हतोतसाहित बनाइरहेको छ । यसको प्रभाव नेपाली बालबालिका माथि पनि पर्छ ।शिक्षा जस्तो संवेदनशिल विषयमा हामी अहिले गहिराइमा पुगेनौं । यसको विश्व व्यापी मान्यता यसको धरातलीय यथार्थलाई हामीले बुझ्ने कोशिस गरेनौं भने अब नेपालको शिक्षा यही हिसावले कथागीतिन शिक्षा विदहरुको नाममा, यही प्रतिवेदनको आधारमा अघि बढ्यौं भने अबको शिक्षा अरु ५० वर्ष पछाडि जान्छ । उहाँहरुले विश्वव्यापी नागरिकको परिभाषामा अगाडि बढ्नुहुन्छ । विश्वव्यापी नागरिकको कुराहरु प्रतिवेदनमा समेटिएको छ तर विश्वव्यापी परिभाषा दिने क्रममा असमर्थन हुनुहुन्छ । जस्तै–आइबी मान्यता प्राप्त, सिभिएसइ मान्यता प्राप्त, ए लेबलको मान्यता प्राप्त संसार भरी नै छ । हरेक देशमा हामी ए लेबलको १२२, १२४ राष्टमा मान्यता प्राप्त छ । आइबी मान्यता प्राप्त थुप्रै छन् । भारतमा मात्र ५ हजार जति आइबी एफिलियसन रहेको छ किनकी उनीहरु विश्वव्यापी रुपमा संगै छ । त्यसरी मात्रै विश्वव्यापी नागरिकको परिभाषामा जान सक्छौं । यो कुरामा उहाँहरुको एकदमै संकिर्ण मानसिकता, एउटा दृष्टिकोणबाट मागदर्शी हुनुहुन्छ जसले गर्दा अब हामी विश्वव्यापी हाम्रो नागरिक प्रतिस्पर्धा गर्न सक्दैनन् र विश्वव्यापी संग पनि नागरिक बन्न सक्दैनन् । 
 

 

एन प्याब्सनको प्रतिवेदन
जुन किसिमले उहाँहरुले प्रतिवेदन ल्याउनु भएको छ, यो एकदमै हचुवाको भरमा विश्वव्यापी मान्यता र धरातलीय यथार्थलाई अध्ययन नगरी हचुवाको भरमा प्रतिवेदन ल्याउन खोज्नु भएको छ यो वास्तवमा हाम्रो दोहोरो घोषणा गर्नै पर्छ । यस विषयमा शिक्षा मन्त्री संग पटकपटक जानकारी गरेका छौं र उच्च राष्ट्रिय शिक्षा आयोगमा वस्नु भएका शिक्षाविदहरुसंग पनि हामी धेरै पटक छलफल गर्‍यौं । अहिले नेताहरुलाई पनि यो बुझाउन कोशिस गरेका छौं । यस प्रकार साथीहरु,सबैलाई हामीले बुझाउने कोशिस गरेका छौं । उहाँहरुले यो कुरालाई  धेरै हदसम्म बुझ्नु भएको छ । 

 

निजी विद्यालयहरु हिजो कम संख्यामा हुँदा लगभग १५ प्रतिशत विद्यार्थीहरु निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु भारत गएर पढ्थे । आज कमसेकम त्यसलाई घटाएर हामी २ प्रतिशत सम्म पुर्‍याएका छौं ।त्यसलाई रोक्ने काम निजी विद्यालयहरुले गरेको छ । भोलि निजी स्कुलहरु बन्द भयो भने यति चाँडै सरकारी स्कुलहरु तरुन्तै आमूल परिवर्तन हुन्छ र विश्वास गर्ने वातावरण बन्छ जस्तो लाग्दैन । त्यसैले गर्दा अरबौं अरबौं बिदेशीने सम्भावना एकदमै छ तर हामी निजी स्कुलको हैसियतले के भन्छौं भने यो लगभग ७० प्रतिशत ओगटेको सामुदायिक विद्यालयको स्तरउन्नती हुनुपर्छ । समग्रलाई समेट्ने भनेको सामुदायिक विद्यालय हो ।

 

सामुदायिक विद्यालयको स्तर उन्नतिको लागि हामी निजी स्कुलको सञ्चालकले कस्तो योगदान सरकारले चाहन्छन् त्यो गर्न तयार छौं । हामी पनि यहि देशको नागरिक भएको हैसियतले सामुदायिक विद्यालयको स्तर उन्नती हुनुपर्छ, सामुदायिक विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो ।

 

शिक्षामा धेरै राजनीतिकरण भएको होइन र ?
सामुदायिक विद्यालयलाई नियमन सरकारले गर्ने अवस्था देखिदैन् । थुप्रै सामुदायिक विद्यालयका शिक्षकहरु अहिले जति पनि राजनीतिक नेताहरु छन् उनीहरु सबै शिक्षकबाट धेरैजसो १० प्रतिशत अहिलेका नेताहरु हिजोका शिक्षक हुनुहुन्छ । आफ्नो एउटा पार्टीको झण्डा बोकेर राजनीतिक गर्नु बच्चाहरुको भविष्य बोक्ने काम गर्नु भयो । अहिलेको स्थिति पनि त्यस्तै छ । उनीहरुले  एउटा बच्चाको भविष्य बोक्नु भन्दा पनि जय नेपाल र लाल सलामको झोला बोकेर हिड्नु भएको छ । यसले एउटा ठूलो प्रभाव विद्यार्थीहरुको गुणस्तरीय शिक्षाको लागि पाउने अधिकार, नैसर्गिक अधिकार जुन किसिमको स्तर उन्नति सामुदायिक विद्यालयको हुनुपर्ने, जुन किसिमको गुणस्तरीय शिक्षा बालबालिकाले पाउनु पर्ने हो त्यसमा धेरै ठूलो अप्ठ्यारो स्थितिको सिर्जना भएको छ । त्यसकारण विद्यालय शिक्षामा यो खालको राजनीति हुनु राम्रो हुँदैन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार