• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
शिक्षा

आजदेखि एसइई परीक्षा ,४ लाख ७५ हजार परीक्षार्थी 

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (आइतबार) देखि सुरु हुँदैछ।  बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ। परीक्षाको पहिलो दिन आज विद्यार्थीले अनिवार्य अ‌ंग्रेजी विषयको परीक्षा दिँदैछन्।

 

परीक्षा नियन्त्रक विष्णु अधिकारीले शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्ने जानकारी दिए ।

 

यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् भने  उनका अनुसार देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुप अनुसार आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन्। 

 

त्यस्तै सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छ वटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । प्रदेश १ बाट ८३ हजार ८ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन्।

 

संस्कृत र प्राविधिक तर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार