• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

कवि तुम्खेवाको चौथो कृति सार्वजनिक

काठमाडौं । कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कविता संग्रह विमोचन भएको छ ।शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार बैरागी काईंला, प्राज्ञ तथा कवि तोया गुरुङ, साहित्यकार  साबित्री थापा र बिशलेषक आहुतिले विमोचन गरेका हुन् ।

 

कवि तुम्खेवाको यो चौथो कविता संग्रह हो । यसमा जेठी सुब्बेनी, पालो, संसारभरिका तानाशाहलाई खुल्ला पत्र, झरी र तिमी, मेरो कथाको पनि कविता लेख्नु है १, सहरको यौटा बदनाम कथा, कवि, जिन्दगी, प्रेमको रङ्ग, छोरी, बाजेको सम्झना, साडी, कथा उसको, चिहान, अनागरिक, उडान, म भुतपूर्व ब्रिटिस गोर्खा सिपाही, खड्गबहादुर लिम्बु, प्रेमको स्वरुप, तिम्रो सम्झनामा सहित २७ गरे ४८ वटा कविता समेटिएको छ ।  

 

कविता संग्रहलाई  सांग्रिला बुक्सले बजारमा ल्याएको हो । यसअघि विमला तुम्खेवाको कविताहरु, नदी, छाल र तरंग ,संस्मरण एउटा बुढो रुखको बजारमा आइसकेका छन् ।

 

तुम्खेवा २५ वर्षदेखि निरन्तर कविता लेखनमा सक्रिय छिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार