• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

चलचित्र कलाकार संघमा लामिछाने र संग्रोलाको उम्मेदवारी 

काठमाडौं । चैत २३ गते हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदका सरिता लामिछाने र लय संग्रौलाले उम्मेदवारी घोषणा गरेका छन् । सरिता संघकी महासचिव हुन् भने लयले यस अघिको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । 

 

सरिता र लय दुबैले सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । लयले प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेका छन् भने सरिताले उम्मेदवारी मात्र घोषणा गरेकी छन् । लामिछाने बिगत २ दशकदेखि चलचित्र तथा कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी छिन् । २०५५ सालदेखि कलाकारितामा आबद्ध उनले टेलिसिरियल ‘मुक्ति’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । यसपछि  दर्जन बढी टेलिसिरियलमा आबद्ध भएर काम गरिन् ।

 

स्वर्गीय बोगटीले राम्रो काम गरेको र उनले अघि सारेका कामलाई पूरा गर्ने लयले प्रतिबद्धता व्यक्त गरेका छन् ।संघको भवन निर्माण कार्य एक वर्षभित्र पूरा गर्ने, कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि गर्ने, जीवन बीमा योजनालाई सक्रियताका साथ लागु गर्ने,कलकारहरुको हक हित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारहरुको जीवन निर्वाहका लागि उचित योजना ल्याउनेलगायतका बुँदा उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा छ । 

 

अहिलेसम्म दुईजना मात्र यस पदका लागि प्रतिस्पर्धी देखिएका छन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार