• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
फेशन

'मिसेज टप अफ द वल्र्ड' मा नेपालबाट अलिना 

काठमाडौं । युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता  ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् ।

 

मिसेस् टप अफ द वल्र्ड २०१९’ का लागि आधिकारिक प्रतिनिधि पठाउने संस्था ईप्लानेट प्रालिले शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ‘मिसेस् टप अफ द वल्र्ड नेपाल २०१९’ को क्राउन पहिर्याउदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो ।

 

व्यक्तिको बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई गौरवशाली राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार गर्ने उदेश्य सहित अलिनालाई ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ मा पठाउन लागेको ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए । उद्देश्य पूर्तिका लागि ‘मिसेस् टप अफ द वल्र्ड’ एउटा बलियो माध्यम भएको उनले खुलाए ।

 

स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन् भने उनी व्युटिसियन पनि हुन् । मिसेस् टप अफ द वल्र्ड यस अघि रजनी थापाले वर्ष २०१५को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन् ।

 

मिसेस् टप अफ द वल्र्डमा यसअघि रजनी थापाले वर्ष २०१५ को संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन् ।

 

मिसेस् टप अफ द वल्र्ड २०१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता लातभियाको रिगा शहरमा २०१९ मे २९ देखि जून २ तारिख सम्म संचालन हुनेछ ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार