• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

एकता प्रक्रिया चाँडै टुंगिन्छ : प्रधानमन्त्री

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताएका छन् । 

 

भैरहवा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता छिटै टुंगिने बताएका हुन् ।‘ उनले चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा  टुंगिएकाले ढुक्क हुन अनुरोध गरेका छन । 

 

प्रधानमन्त्री ओलीले  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको पनि जानकारी दिए ।  उनले विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन बढने विश्वास व्यक्त गरे ।

 

विखण्डनको बाटो छाडेर  विकासको बाटोमा आउन सीके राउत सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको  बताएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार