• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

आजबाट मण्डलामा 'जोखाना'

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको नाटक  ‘जोखना’ पूनः आजबाट मण्डलामा मञ्चन हुने भएको छ । वियस राईको कथामा आधारित रहेर किरण चाम्लिङ राईले निर्देशन गरेका हुन । 

 

दशवर्षे द्वन्द्वकालको समयमा आफ्नो श्रीमान गाउँबाट हराए पछि एउटी महिलाले भोग्नुपरेको घटनाक्रमको संक्षिप्त र मर्मस्पर्शी कथा हो नाटक 'जोखाना' । मानिस हराएको घटनाले कसरी कसैमाथि मानसिक तनाव सिर्जना हुन्छ र त्यसका असरहरू कति गहिरोसँग निर्माण हुन्छन् भन्ने कुरा नाटकमा सुष्म ढंगले देखाइएको छ ।

 

सांस्कृतिक संस्कारको पृष्ठभूमिमा निर्मित यस नाटकले वर्तमान नेपाली युवाहरूको आम अवस्थालाई पनि नियालेको छ । यो नाटक केवल धनसुवाको नियतिको ऐना मात्रै होइन, द्वन्द्वको त्रासदीको अनेकौँ गाथाहरूको प्रतिनिधि बयान पनि हो ।

 

नाटकमा संगीता थापा, रूपेश लामा, मानहाङ लावती, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मणि के। राईको अभिनय रहने छ । नाटक बैशाख ८ गतेसम्म मञ्चन हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार