• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

हतियार छाडेर वार्तामा आउनुस : मन्त्री बास्कोटा

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हतियार बिसाएर वार्तामा आउन आव्हान गरेको छ।

 

मन्त्रिपरिषदले  गरेका निर्णय सुनाउन बिहीबार आयोजना गरिने नियमित पत्रकार सम्मेलनमा बोल्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधै तयार रहेको बताएका छन ।

 

उनले बमबारुद सँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गरे । हतियार उठाएर पुनः द्वन्द्व निम्त्याउने काम सरकारले हुन नदिने उनले बताए। 

 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले भने, ‘सामाजिक समस्या हल गर्न चेतनाको स्तर उकास्नु पर्छ।हतियार उठाएर हुँदैन । मान्छे मार्ने भन्ने कुरा हामी शब्द कोषबाट नै हटाउन चाहन्छौं।’ 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार