• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

प्रधानमन्त्रीले दिए  त्रिशूली ‘बी’ को १० हजार कित्ता शेयरका आवेदन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् ।

 

नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गन उनले सेयरका लागि आवेदन दिएका हुन् । 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए ।

 

यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ। ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ को नारा सहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार