• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
देश/प्रदेश

विप्लव नेतृत्व नेकपाका चार नेता पक्राउ

जितपुर । सरकारले प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । 

 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताए ।

 

यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् भने शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् ।

 

यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार