• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
फेशन

युथ क्रियसनको एकसाथ दुई सौन्दर्य प्रतियोगिता घोषणा

काठमाडौं । ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०१९’ र ‘मिष्टर एण्ड मिस एसईई बेष्ट मोडल अफ द इयर २०१९’ नामक दुई सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ । युथ क्रियसन नेपालले मंगलवार राजधानीमा एक कार्यक्रमका वीच प्रतियोगिता घोषणा गरेको हो ।


मोडलिङ क्षेत्र रोज्न चाँहने युवा युवतीको प्रशिक्षण र ग्रुमिङ कक्षा सहित क्रियसन अघि बढेको अध्यक्ष रवि लामा तामाङले बताए । उनले भने ‘अन्य सौदर्य प्रतियोगिता भन्दा भिन्न तरिकाले यसमा प्रतिभाको मुल्याङ्कन गरिनेछ ।’


कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले सौदर्य प्रतियोगिता केही भिन्न देखेकोले आफु जोडिएको बताए । अन्तराष्ट्रिय कोरियोग्राफरको रुपमा समेत परिचित शाक्यले प्रतियोगिताका सहभागीलाई आफुले योग्य र सक्षम मोडल बन्न सक्ने प्रशिक्षण दिने जानकारी दिए ।


कार्यक्रममा प्रतियोगिताको आवेदन समेत खुल्ला गरिएको जानकारी दिइयो । १६ देखि ३० बर्षसम्मका जुनै समुदायका युवा युवतीले आवेदन भर्न सक्ने प्रतियोगितामा सहभागीका लागि एसएलसी र न्युनतम ५ फिट उचाही योग्यता तोकिएको छ । 


‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर’का लागि ८ चैत्रसम्म आवेदन दिइसक्नु पर्ने र पहिलो चरणको छनौट चैत्र ९ गते हुनेछ । त्यस्तै ‘मिष्टर एण्ड मिस बेष्ट मोडल एसईई’का लागि २२ चैत्रसम्म आवदेन दिनसकिने र पहिलो चरणको छनौट चैत्र २३ गते हुने कार्यक्रममा आयोजकले जानकारी दियो ।

 


आवेदन फर्म एवान क्याफे नयाँबजार, फुलवारी कम्प्लेक्स बौद्ध, क्लिफ क्याफे ललिटपुर महल, इलोक्ट्रनिक होल्ड कमल बिनायक , श्रीराम रेडियो टिभी पसल बनेपा, अर्किट ब्युटि पार्लर  र आर्टिस नेपाल पुतली सडकमा उपलब्ध छ । 


अडिसनबाट छानिएका प्रतियोगिलाई व्यक्तिव विकास, रनवे मोडलिङ, फेसन लगायतका बिभिन्न प्रशिक्षण सहित आगामी जेठ ३ गते होटल मल्ल लैनचौरमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ ।


दुवै प्रतियोगिताका शिर्ष विजेता, फष्ट तथा सेकेन्ड रनरअपले विशेष उपाधिका साथमा सिल्भर क्राउन, आकर्षक गिफ्टका साथै बिभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्ने कार्यक्रमका संयोजक सहदेव बैद्यले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार