• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

कविता : रंगिन पर्व

अधिवक्ता राधा जि.सी.

हामी सबैको प्रिय ऋतु वसन्त र वसन्तोत्सव

यही ऋतुको आगमन संगै आएको यो रंगिन पर्व

रंगमा रंगिएर केटाकेटी, युवायुवती र प्रौढहरुसम्म 

उत्साह र उमंगका साथ हर्सोल्लासमय बनोस । 

 

दुश्मन दहन गरेर खुशियाली मनाएको

यो प्यारो रंगिन उत्सव

सद्भाव र भातृत्वको मियो बनिरहोस

उल्लासमय बनोस तराई, पहाड, हिमाल

रंगहरुको संयोजनले रंगिन बनोस नेपाल ।

 

शुक्ल पक्षको ठुलो चन्द्रमाको छत्रछायामा

संगितको धुनमा रमाउने यो प्रिय पर्व

रंग र पानीका फोहराले भरिएका हातहरुले 

जन जनको जीवन रंगिन बनाइदियोस 

सबै धर्म र जातलाई उत्साह र सद्भावका 

साथ एउटै आगन र तालमा झुम्माइदियोस।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार