• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

काभ्रेपलाञ्चोकका तीन नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट

काभ्रेपलाञ्चोक । केन्द्रीय राजधानी काठमाडौंलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ ।

 


जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले साँगा , मङ्गलटार र  नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्न लागिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जानकारी दिए  । उनका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ ।

 

नेपाल भेटेरिनरी एशोसिएशनले पक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिने जानकारी दिएको छ । 

 

केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै विपी राजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडौंबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राख्ने भएको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार