• शुक्रबार १-६-२०७६/Friday 04-19-2019
अन्तर्वार्ता

‘अहिले चलचित्रहरुले लगानी उठाउन सकेका छैनन्’

काठमाडौं । लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका कलाकार हुन रमेश बुढाथोकी। बि.स २०३६ सालमा रंगमञ्चबाट कलायात्रा सुरु गरेका बुढाथोकीले टेलिफिल्म हुँदै ठूलो पर्दाको चलचित्रहरूमा  आफ्नो कौशलता प्रस्तुत गरिसेका छन्। विशेष गरेर अभिनय क्षेत्रमार्फत दर्शकहरूमाझ परिचित बुढाथोकीले निर्देशन गरेका टेलिचलचित्रहरूले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन्। समग्र नेपाली चलचित्रको अवस्था र उनका अनुभवको बारेमा फ्रेसन्युज नेपालले उनीसँग गरेको कुराकानी :

 

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?
मैले अभिनय गरेको चलचित्र ‘लभ स्टेशन’ आउँदैछ  । केहि चलचित्रका स्क्रिप्टहरुमा समय दिइरहेको छु भने टेलिचलचित्रहरुको पनि तयारी गर्दैछु । 
 

 

नेपाली चलचित्र जगतमा लामो समय विताइसक्नु भयो, विगत र अहिले कस्तो भिन्नता पाउनु भएको छ ?
नेपाली चलचित्रमा सुधारका संकेतहरु देखिएका छन । विगतका दिनमा हेर्ने हो भने बर्षमा ४-५ वटामात्र चलचित्रहरु निर्माण हुन्थे । अहिले अवस्था फेरिएको छ । बर्षमा एकसयको हाराहारीमा चलचित्रहर बन्न थालेका छन । प्रविधिका हिसावले नयाँ नयाँ प्रयोगहरु हुन थालेका छन । कलाकारहरुले पनि प्रशस्त काम पाइरहेका छन । अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको प्रचारप्रसार हुन थालेको छ । नयाँ पुस्ताका निर्देशक कलाकारहरुको आगमन बढेको छ । केहि सुखद पक्षहरु पनि छन भने यसमा सुधार गरेर लैजानु पर्ने कुराहरु पनि धेरै देख्छु । यसरी हेर्दा संख्यात्मक हिसावले केही परिर्वतनहरु नभएका होइन । समस्याहरु अझै छन । अहिले सिमीत चलचित्रहरुले मात्रै लगानी उठाइरहेको देखिन्छ । हामीले हाम्रा मौलिक कथालाई चलचित्रमा प्रस्तुत गर्ने सकिरहेका छैनौ । नेपाली चलचित्रका कथा बस्तु कमजोर छन् । यस्तो हुनुका कारण कथा विषयबस्तुमा प्रयाप्त अध्ययन नगरी चलचित्र निर्माण गर्दा चलचित्र फितलो हुन पुग्छ ।
 

 

अहिले त चलचित्र निर्दशनमा नयाँ पुस्ताको बाक्लो उपस्थीति छ, कतिको आशावादी हुनुहुन्छ ?
बिगतमा प्राविधीक पक्ष चाहेर पनि हामीले गर्न सक्ने अवस्थाको थिएन । अहिले हरेक कुरा डिजिटल भएको छ । अत्याधुनिक किसिमका क्यामरा, लेन्सहरुबाट चलचित्र खिच्न पाइन्छ । यही काम गर्न सहज छ । पछिल्लो समय चलचित्रलाई नै मुख्य विषय बनाएर अध्यन गरेर आउनेहरुको संख्या बढेको छ । यो कुराले सबैमा सकरात्मक संन्देश दिएको छ । कलाकारको हकमा विगतमा अभिनय सिकेर आउने भन्ने अत्यन्तै कम हुन्थ्यो । अहिले रगंमञ्चबाट अभिनयमा खारिएर आउनेहरुको संख्या बढेको छ । अहिले कन्टेन्टमा आधारित चलचित्रहर बन्ने क्रम बढ्दो छ । कलाकारले पनि चरित्रमा नै बढी काम गरेको देखिन्छ । अहिले पृथ्क बिषयमा निर्माण भएका चलचित्रहरले नै बढी सफलता पाइरहेका छन ।
 

 

बिगतका तुलनामा नेपली चलचित्रमा मौलिकतालाई प्राथमिकता दिन थालिएको भनिन्छ नी ?
कुनै समय नेपाली चलचित्रहरु भारतीय चलचित्रबाट प्रभावित छन भन्ने आरोप लाग्ने गर्थ्यो तर अहिले त्यस्तो अवस्था छैन । नेपालको माटो सुहाउँदो हाम्रै मौलिक कथा र विषयहरुमा पनि चलचित्र बन्न थालेका छन, यो एउटा सुखद पक्ष हो । हिजोका दिनमा बन्ने चलचित्रका अधिकांश कथा बस्तु एउटै किसीमका मिल्दा जुल्दा लाग्थे अहिले त्यो समस्या कम भएको छ । अहिले भिन्न कथावस्तु र नेपालीपनले चलचित्रमा ठाउँ पाउन थालेको छ ।
 

 

अब एकैछिन यहाँले गर्नुभएका चरित्र र त्यसका बारेमा कुरा गरौ, धेरै जसो चलचित्रमा यहाँले नकरात्मक भूमिका नै गर्नुभयो, किन ? 
म एक जना कलाकार भएको नाताले मलाई निर्देशकले दिनुभएको भूमिका मैले गर्नुपर्ने हुन्छ । मैले सबै किसिमका भूमिका निर्वाह गरेको छु जस्तो लाग्छ । तुलनात्म करुपमा नकरात्मक चरित्रका छाँप आम दर्शकमा बढी परेकाले उहाँहरको मानसपटलमा बस्न सफल भएको हुनसक्छ । यसमा मैले गरेको भुमिकाहरु मध्य ‘काजी बा’ धेरै समयसम्म चर्चामा रह्यो । अभिनयका हिसावले सकरात्मक नकरात्मक मलाई सबै किसिमको भूमिका गर्नु मनपर्छ । चलचित्रमा त्यो पात्रले कस्तो कथावस्तुलाई बोकेको छ भन्ने हिसावले म चरित्र गर्न तयार हुन्छु । त्यसमा चरित्रको अर्थपूर्ण भूमिका होस भन्ने मेरो पहिलो प्रथमकिता हो । खाली ठाउँ भर्न कै लागी म चलचित्रको पर्दामा आउँदिन । मैले अभिनय गरेको पात्रले चलचित्रमा अर्थ राख्छ भने मात्रै म त्यस्ता चरित्र गर्न रुचाउँछु ।


 

कुनै समय दर्जनौ टेलिचलचित्रहरुमा यहाँले राज गर्नुभएको थियो,अहिले त्यो अवस्था छैन, किन ? 
त्यतिबेला टेलिचलचित्रहरुमा साच्चै राज नै गरिएको थियो । त्यो आम दर्शकमाझ टेलिचलचित्रहरु निकै लोकप्रिय थिए । हामी कलाकारहरुले पनि यसैका माध्यमबाट आफूलाई अझै परिस्कृत गर्न अवसरमा थियौं । अहिले त्यस्तो रहेन । अहिले आमदर्शक विभाजीत छन् । भारतीय टेलिश्रंखलाले अहिले यसको ठाउँ लिइरहेको अवस्था छ । यसमा धेरै पक्ष जिम्मेवार छन भन्ने लाग्छ । टेलिभिजन च्यालनहरुले नै यसलाई चासोको रुपमा हेर्ने सकेका छैनन । उनीहरुको ध्यान यसतर्फ जानुपर्ने हो जुन हुन सकेको छैन । अब हामीले पनि टेलिश्रृंखलाहरु बनाउन सक्ने अवस्था रहेन । विगतका दिनहरुमा जुन किसिममा हामीले यसमा काम गरेका थियौं, अहिले त्यस्तो अवस्था छैन । टेलिभिजन च्यानल र एजेन्सीहरुले ध्यान नदिए  कै कारण नेपाली दर्शक अहिले भारतीय टेलिश्रृंखला तर्फ लागेका छन् । 

 

यस क्षेत्रबाट के प्राप्त गर्नुभयो र के गुमाउनु भयो ?
आज म जुन अवस्थामा छु यो सबै दर्शक स्रोताको साथ सहयोग र मायाले नै भएको हो । यस क्षेत्रले मलाई धेरैं कुराहरु दिएको छ । मेरा आधारभुत आवस्यकता मैले यही पेशाबाट जुटाएको छु । यहाँसम्म आइपुग्दा म आफुलाई अत्यन्तै भाग्यमानी ठान्छु । यस क्षेत्रको कमाइले मैले मेरा सन्तानलाई उच्च शिक्षा दिन सके खु.सी छु । मेरो प्यासन जे थियो त्यसलाई नै पेसाको रुपमा अगाडी बढाए यसले मलाई सबै कुरा दियो । सयौं भागका टेलिश्रखलाहरु निर्माण गरे । ६० भन्दा बढी चलचित्रमा अभिनय गरे । मैले यस क्षेत्रमा आफ्नो पहिचान बनाउन सके । गाउँ बस्तीमा सबैले मलाई चिन्नु हुन्छ , जहाँ जाउ आफ्नोपनको आभाष दिलाउनु हुन्छ यो मेरो लागी ठूलो कुरा हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार