• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

निर्मला हत्या प्रकरण : डिएसपी सहित ६ प्रहरीलाई धरौटीमा छाड्‍न आदेश

काठमाडौं । निर्मला हत्या प्रकरणमा पक्राउ परेका ६ जना प्रहरीलाई जिल्ला अदालत कञ्‍चनपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

 

न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्ने आदेश गरेको छ। डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग्ने आदेश गरेको हो।

 

उनीहरूसँग यातनामा ५/५ लाख र सार्वजनिक न्यायमा ४र४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको छ। त्यसैगरी सार्वजनिक न्याय अनर्तगत प्रहरी निरीक्षक जगदिश भट्टलाई चार लाख, सईद्‍वय हरिसिंह धामीलाई तीन लाख ५० हजार र रामसिंह धामीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने प्रहरी जवान चाँदनी साउँदलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ। 

 

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।  सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।

 

मुलुकी ऐनको नयाँ व्यवस्था अनुसार ६ जना प्रहरीहरुलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो। एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका थिएनन्।

 

उनीहरुलाई २१ दिनभित्र अदालत उपस्थित हुन म्याद थप गरिएको छ भने प्रहरीले फरारको सूचीमा पनि राखेको छ।अदालतमा उपस्थित भई बयान दिनेमा डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्।

 

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार