• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

कहाँ कहाँ भयो बम विस्फोट/निष्क्रिय

  • तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ९ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम डिस्पोजल टोलीले ९ बजे निष्क्रिय पारेको थियो । प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको थियो ।

 

  • सदरमुकाम तानसेन नगरपालिका– ५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दा माथि करिब ५ बजे बम विस्फोट भएको थियो ।

 

  • चितवनको भरतपुर ओरालो नजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा बहान ३ः४५ ग्रिनेट विस्फोट भएको थियो । विस्फोटमा भाटभटेनीको पछाडि भागको सिसा फुटेको थियो । 

 

  • बुटवलको कालिकानगरमा राखेको बम डिस्पोज गरिएको थियो । कालिका चोकको डिभाइडर माथि बम राखिएको थियो । बन्द सफल बनाउन राखिएको बम सक्कली भएपछि नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो । 

 

  • प्युठानको स्वर्गद्धारी नगरपालिकाको कार्यालय  अगाडि बम भेटिएको थियो । खतरा लेखेर कागज र प्लाष्टिकले बेरेको अवस्थामा उक्त बम भेटिएको हो । 

 

  • गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा शक्तिशाली प्रेसर कुकर बम बम फेला परेको थियो । फेला परेको बम नेपाली सेनाको टोलीको निष्क्रिय पारेक थिए । 
     

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार