• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
खेलकुद

साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल सेमिफाइनलमा, भुटान बाहिरियो

काठमाडौ ।  साफ महिला च्याम्पियनसिप २०१९ अन्तर्गत समूह ए बाट आयोजक नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् ।

 

बिहीबारको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि भुटान समूह चरणबाटै बाहिरिएको हो ।

 

समूह ‘ए’ अन्तर्गत बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई २–० गोलले हराएसँगै नेपालले अन्तिम खेलअघि नै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो। यसअघि नेपालले उद्घाटन खेलमा भुटानलाई ३–० गोलले पराजित गरेको थियो। 

 

भुटानले हालसम्म प्रतियोगिताको १४ खेलमा १३ हार र १ बराबरी मात्र खेलेको छ ।  जारि प्रतियोगितामा भुटान समूह चरणबाट बाहिरिने पहिलो टोली  बनेको छ ।

 

यता भुटानमाथि जित हात पारेको बंगलादेश पनि समूहको अन्तिम खेलअघि सेमिफाइनलमा पुगेको छ। बंगलादेशले  समान ३ अंक जोडेपनि गोलअन्तरको आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । शनिबार हुने समूहको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्नेछन् । यस खेलको विजेता समूहको शीर्ष स्थानमा रहने छ । 

 

बराबरी भएको खण्डमा नेपाल नै शीर्ष स्थानमा रहनेछ ।शनिबार नेपाल र बंगलादेशबीच हुने खेल समूह विजेताका लागि हुनेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार