• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

पुरन्धरा झरना जाने कालीखोलामा कल्र्भट निर्माण शुरु

दाङ । पश्चिम दाङको पर्यटकीयस्थल पुरन्धरा झरनाजाने बाटोमा पर्ने कालीखोलामा कल्र्भट निर्माण शुरु गरिएको छ ।

 

बबई गाउँपालिका–५ मा पर्ने सो खोलामा रु १२ लाखको लागतमा त्यहाँ कल्र्भट निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

 

यसअघि त्यहाँ कल्भर्ट नहुँदा वर्षायाममा आवतजावतमा समस्या हुनुका साथै मोटर सञ्चालनमा पनि समस्या हुने गरेको थियो । त्यसैगरी अहिले कालीखोला हुदैं झरनासम्मको बाटो पनि मर्मत गरिन लागेको छ । अब कल्र्भट निर्माण बाटो ममर्त भएसँगै झरनाको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो हुनेछ ।

 

यसैबीच पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि यसपटक प्रदेश नं ५ को सरकारले रु ५० लाख बजेट विनियोजन गरेको सो गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए ।

 

सो बजेटमा र गाउँपालिकाले रु १५ लाख बजेट थप गरेर अब छिट्टै झरना स्थलमा खानेपानी, शौचालय, चमेनागृहका लागि भवन, बिजुली बत्ती, वनभोज स्थलका लागि आवश्यक सेट निर्माणलगायतका भौतिक पूर्वाधार निर्माण गरिने पनि अध्यक्ष पौडेलले जानकरी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार