• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
स्वास्थ्य

विश्व मिर्गौला दिवस : नियमित रुपमा पिसाब परीक्षण गर्नुपर्नेु सुझाव

काठमाडौं  । संसारभरि मिर्गौलाको रोगबाट पीडित हुनेहरुको  संख्या बढ्दो छ । नेपालमा प्रत्येक बर्ष ३ हजारको मिर्गौला फेल हुने गरेको छ । मानिसहरूमा जनचेतना  फैलाउन  मार्च महीनाको दोस्रो बिहीवार विश्व मिर्गौला दिवस मनाइन्छ । नेपालमा पनि बिभिन्न जनचेतना मूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाइदै छ ।

 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले शिक्षण अस्पतालमा पनि   कार्यक्रममाको आयोजना गरेको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रमा उनले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिन जरुरी भएको बताए ।

 

प्रत्येक १० मध्ये एक जनामा कुनै न कुनै प्रकारको मिर्गौला सम्बन्धी रोग भएको अध्ययनले देखाएको छ बताएको छ । 

 

शिक्षण अस्पतालका नेफ्रोलोजी बिभागका प्रमुख डा दिब्या सिंह साहले  बर्षमा एकपटक नियमित रुपमा पिसाब , रगत साथै रगतमा बोसोको मात्रा परीक्षण गर्नुपर्नेु सुझाव दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार