• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

मलाई मार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मार्न मान्छे खटाएको दाबी गरेका छन् ।

 

वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।आफूलाई मार्न टिम खटाउने प्रति दया लागेको भन्दै उनले राम्रोसँग सोच्न आग्रह गरे ।

 

प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पुनर्गठनको काम भएरहेको बताउँदै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे आफू गम्भीर रहेको बताए।

 

आफूहरुकै कारण देशमा परिवर्तन भएको दाबी गर्दै दाहालले भने, 'यसका विरुद्ध लाग्नु भनेको निरंकुशता ल्याउन सघाउनु हो ।’

 

सहिद तथा बेपत्ताजनका परिवारलाई नेकपाको नेतृत्वमा दुईतिहाइको सरकार रहेकाले निराश हुन नपर्ने भन्दै सहिदहरुको सम्मानमा ठूलो पार्क बनाएर नाम लेखिने र त्यसो भएमा परिवारजनमा पनि खुसी आउने उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार