• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

मेस्सी चम्कँदा बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले लियोनलाई ५-१ ले पराजित गरेको छ । गएराती भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगका खेलहरु जित्दै बार्सिलोना र लिभरपूल अन्तिम आठमा पुगेका हुन् ।

 

पहिलो लेग गोल रहित बराबरीमा सकिएकोमा दोश्रो लेगको नतिजाले बार्सिलोनाले संमग्रमा ५-१ जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

 

लियोनलाई हराउने क्रममा बार्सिलनाले पहिलो गोल खेलको १६ औं मिनेटमा गोल गरेको थियो। लुइस सुआरेजलाई जेसन डेनाएरले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेस्सीले गोल गरेका थिए। यस्तै काउटिन्होले ३१ मिनेटमा दोस्रो गोल गरेर अग्रता दिलाएका थिए।

 

खेलको ५८ मिनेटमा लियोनका टोसार्टसले गोल गर्दा खेल २-१ को स्थितिमा आयो। ७८ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए। जेरार्ड पिकेले ८१ मिनेटमा चौथो गोल गरे भने ८६ मिनेटमा उस्मान डेम्बेलेले पाँचौ गोल गर्न सफल भए।

 

शुक्रबार हुने क्वाटरफाइनल चरणको ड्रले बार्सिलोनाको सेमिफाइनलको सम्भावित प्रतिद्वन्द्वी पनि बनाउँनेछ । बार्सिलोनाले म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड, लिभरपुल, टोटेनहम हट्सपर, युभेन्टस, आयाक्स वा पोर्टोमध्य एक टोलीसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार