• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

चन्द नेतृत्वको पार्टीलाई जब्बर्जस्ती गर्न खोजे गम्भीर असर : नेकपा नेता पौडेल

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन।

 

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा पौडेलले विप्लव  नेतृत्वको पार्टीलाई निषेध गरेर नभइ वार्ता मार्फत शान्तिपूर्ण ढंगले मूलधारको राजनीतिमा ल्याउनुपर्ने बताएका छन ।

 

उनले चन्द नेतृत्वको पार्टीलाई जब्बर्जस्ती गर्न खोजे  विकास निर्माणको काममा गम्भीर असर पर्नेभन्दै सरकारलाई सचेत गराए ।

 

नेता पौडेलले सिके राउत समूहले विगतका गतिविधि कायमै राखे ऊसँगको सहमतिबारे सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिए  ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार