• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

इथियोपियामा भएको दुर्घटनापछि बोइङ ७३७ म्याक्स एट मोडल जहाजमाथि प्रतिबन्ध लगाउने क्रम बढदैं

ब्रिटेनको नागरिक उड्डयन प्राधिकरणले सावधानी स्वरूप चालिएको कदम भन्दै युकेको आकाशमाथिको हवाई क्षेत्रबाट बोइंग सेभन थ्री सेभेन म्याक्स मोडलका विमानको उडानमा प्रतिबन्ध लगाएको छ।

बोइंग कम्पनीले निर्माण गरेको सेभेन थ्री सेभेन म्याक्स मोडलको विमानको उडानमा यसअघि सिंगापुर, चीन, मलेशिया र अष्ट्रेलियाले अस्थायी प्रतिबन्ध लगाएका थिए।

 

आइतबार १५७ जनाको ज्यान जाने गरी इथियोपीयन एअरलाइन्सको बोइंग म्याक्स एट विमान दुर्घटना भएपछि ति देशहरूको पछिल्लो निर्णय आएको छ।

गत पाँच महिनाभन्दा कम समयमा उक्त मोडलको विमान दुर्घटनाग्रस्त भएको त्यो दोस्रो घटना थियो।

 

सिंगापुरको चांगी विमानस्थलन संसारको सबैभन्दा व्यस्त मध्येको छैठौं विमानस्थल हो र एशियालाई युरोप र अमेरिकासँग जोड्ने महत्वपूर्ण केन्द्र पनि हो।

तर त्यहाँबाट केही थोरै संख्यामा मात्रै बोइंगको म्याक्स विमान संचालनमा छन्।

 


कुनै पनि अष्ट्रेलियाली विमान सेवाले बोइंग सेभेन थ्री सेभेन म्याक्स संचालन गर्दैनन्।

त्यहाँ खाली सिल्कएअर र फिजि एअरवेजले मात्रै उक्त मोडलको विमान उडाउँछन्।


प्रतिक्षा


अष्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणमा हवाई सुरक्षा प्रमुख शेन कारमोडीले भनेका छन् ति विमानहरूको उडानमा लगाइएको प्रतिबन्ध उक्त संगठनले ू सुरक्षा जोखिमको समीक्षा गर्न थप जानकारीूको प्रतिक्षा गरीरहँदासम्म कायमै रहनेछ।

 

संसारको विभिन्न देशहरूले उक्त दुर्घटनापछि म्याक्स एट मोडलका विमानहरूलाई पहिले नै ग्राउन्डेड अथवा उडानमा प्रतिबन्ध लगाइसकेका छन्।

 

दक्षिण कोरियाले पनि देशभित्र म्याक्स एट विमान भएको एकमात्र विमान सेवा इस्टार जेटलाई पनि बुधबारदेखि ति विमानहरू नउडाउन निर्देशन दिएको छ।

 

मलेशियाले भने आफ्नो हवाई क्षेत्रबाट नै ति मोडलका विमानहरू नउडान प्रतिबन्ध लगाएको एएफपी समाचार संस्थाले जनाएको छ।

 

संयुक्त राज्य अमेरिकामा भने देशको संघीय उड्डयन प्रशासन (एफएए) ले दुईवटा नराम्रा दुर्घटनामा परेको भएतापनि उस्को विश्वासमा बोइंग सेभेन थ्री सेभेन म्याक्स एट मोडलका विमानहरू उडानका लागि योग्य रहेको सोमवार विमान कम्पनीहरूलाई बताएको थियो।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार