• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

विप्लव नेतृत्वमाथि प्रतिबन्ध लगाएकोमा कांग्रेसको असन्तुष्टि

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमाथि सरकारले लगाएको प्रतिवन्धको नेपाली कांग्रेसले विरोध जनाएको छ । सरकारले मंगलबार बेलुकीबाट विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विरोध गरेका हुन् । 

 

विप्लवलाई विश्वासमा लिएर शान्तिपूर्ण वार्ता गर्ने र हिंसा त्याग्ने वातारण बनाउनु पर्नेमा सरकारले उल्टै विप्लवलाई हिसांत्मक बनाउने काम गरेको भन्दै विरोध गरेको हो ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘पहाड जत्रै उचाइ बनाइसकेको ‘त्यो माओवादी’ लाई विश्वासमा लिन सक्ने ‘त्यो नेतृत्व क्षमता’ कांग्रेस नेतृत्वले हिजो प्रस्तुत गरेको थियोे,’ प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन्, आफ्नै गोत्रबन्धुलाई विश्वासमा लिएर मूल राजनीतिमा ल्याउने क्षमताको अभाव देखिएको छ ।

 

विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि प्रतिपक्षी दलसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकर्ताहरुबाट पनि चर्को आलोचना भइरहेको छ ।

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार