• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

गुजरातमा प्रियंकाको पहिलो राजनीतिक सम्बोधन

नयाँदिल्ली ।  विपक्षी भारतीय राष्ट्रिय कंग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी वाड्राले पहिलो राजनीतिक सम्बोधन गर्दै मोदी सरकारले ५ वर्षमा ‘खोक्रा आश्वासन मात्र बाँडेको’ आरोप लगाएकी छन् । 

 

भारतको गुजरातमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै प्रियंकाको ‘किसानका समस्या, बेरोजगारी र महिला सुरक्षालगायतका जनताका मुद्दामा मोदी सरकार मूकदर्शक भएको दाबी गर्दै आगामी चुनावमा त्यसको हिसाब खोज्न मतदातालाई आग्रह गरिन् ।

 

‘सबै नागरिकको खातामा पन्ध्र लाख जम्मा गर्ने वाचा गरिएको थियो, सन् २०१४ मा त्यस्तो वाचा गर्नेलाई सोध्नुहोला’ भन्दै गान्धीले मोदी सरकारप्रति व्यग्यंसमेत प्रहार गरिन् । २०१४ को लोकसभा चुनाव प्रचारका क्रममा भारतीय जनता पार्टी ९भाजपा० ले सरकारको नेतृत्व सम्हालेपछि विदेशमा रहेको कालोधन फिर्ता ल्याई नागरिकको खातामा १५ लाख भारुका दरले जम्मा गर्ने आश्वासन दिएको थियो ।

 

महासचिव प्रियंकाले भाजपाको त्यही आश्वासनप्रति व्यंग्य गरेकी हुन् । उनले गुजरातबाटै अंग्रेजविरुद्धको स्वतन्त्रको लडाइँ सुरु भएको, प्रेम र सद्भावना, अहिंसाको सन्देश प्रवाह विश्वव्यापी भएको हुँदा अहिले देशभर बगेको घृणाको हावालाई प्रेम र करुणामा बदल्न आवश्यक रहेको समेत बताइन् ।

 

कंग्रेसले २३ जनवरीमा गान्धी परिवारकै सदस्य प्रियंकालाई पार्टीको महासचिव नियुक्त गरेको थियो । उनलाई उत्तर प्रदेशको पूर्व क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ । प्रियंकामा उनकी हजुरआमा तथा भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको झल्को पाइन्छ । त्यही कारण पनि आजको उनको भाषणप्रति विशेष चासो राखिएको थियो ।

 

कंग्रेसले मंगलबारको आमसभामा प्रियंकाले भाषण गर्ने विषयलाई गोप्य नै राखेको थियो । त्यसैले पनि प्रियंकाको भाषण गर्ने भएपछि सबैले राजनीतिक वृक्तमा त्यसलाई विशेष चासोका साथ हेरिएको थियो ।

 

किनकि एक महिनाअघि नै महासचिव नियुत्त भए पनि उनले चुनावी आमसभालाई भने सम्बोधन गरेकी थिइन् । आफ्नो पहिलो सार्वजनिक भाषणका लागि प्रधानमन्त्री मोदीको गृह राज्यनै छनोट गर्नुलाई पनि गान्धीको राजनीतिक सुझबुझका रूपमा अर्थ्याइएको छ ।

 

सभालाई अध्यक्ष राहुल गान्धीलगायतका अन्य वरिष्ठ नेताले समेत सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै अध्यक्ष गान्धीले पनि मोदी सरकारले नोटबन्दी लागू गरेर साना तथा मझौला उद्योगलाई धराशायी बनाएको, रफाल लडाकु विमान प्रकरणमा भ्रष्टाचार गरेको र बेरोजगारी घटनाउन नसकेको आरोप लगाएका छन् । कार्यक्रममा पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत नेताहरु पनि थिए ।

 

आमसभामा २६ वर्षाीय सामाजिक अभियन्ता तथा गुजरातको पटिदार अनामत आन्दोलन समिति (पास) का संयोजक हार्दिक पटेल औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका छन् । अध्यक्ष गान्धीले पटेललाई पार्टीमा स्वागत गर्दै आगामी चुनावमा जामनगर निर्वाचन क्षेत्रबाट चुनाव लड्ने समेत घोषणा गरेका छन् ।

 

गुजरातमा चार वर्षअघि सुरु भएको पटिदार (पटेल) समुदायले आरक्षणको माग राख्दै आन्दोलबाट हार्दिक राष्ट्रिय चर्चामा आएका थिए । भाषण कलामा निपुण पटेललेको कंग्रेस प्रवेशलाई भाजपाले गुजरातमा कडा टक्करको सामना गर्नुपर्ने देखिन्छ ।

 

गुजरातको जनसंख्यामा पटिदार समुदायको हिस्सा १२।३ प्रतिशतभन्दा बढी छ । किनकि सन् २०१७ मा भएको विधानसभामा चुनावमा कंग्रेसले सत्तारूढ भाजपालाई कडा टक्कर दिएको थियो । उक्त चुनावमा भाजपाले ९९ सिट र कंग्रेसले ८१ सिट जितेको थियो ।

 

निर्वाचन आयोगले सोमबार चुनावको औपचारिक घोषणा गरेसँगै कंग्रेसले प्रचारप्रसारलाई तीव्रता दिएको छ । त्यसैको तयारीका लागि मंगलबार बिहान अहमदाबादमै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसअघि अध्यक्ष गान्धी र अन्य वरिष्ठ नेताहरुले साबरमतिस्थित महात्मा गान्धी आश्रम पुगेर प्रार्थना गरेका थिए ।

 

यसअघि सोमबारसाँझ गान्धीले दिल्लीमा कंग्रेस बुथ कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए । अध्यक्ष गान्धी चुनावी सभालाई सम्बोधन गर्न दक्षिण भारत जाने कार्यक्रम रहेको छ ।सुरेशराज न्यौपाने/ कान्तिपुर दैनिक 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार