• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

चर्को बिरोध पछि भारतीय सांसद लाम्बाले मागिन् माफी

काठमाडौं । भारतीय सांसद अल्का लाम्बाले एक ट्वीट गर्दै नेपालीहरुसँग माफी मागेकी छिन् । ट्वीटरमा उनले नेपाली समुदायको भावनामा चोट पुर्याउने मनशायले ट्वीट नगरेको भन्दै माफी मागेकी हुन् ।

 

उनको ट्वीटको सामाजिक सन्जालमा व्यापक विरोध भएको थियो । उनले पछिल्लो ट्वीटमा भनेकी छिन्, ‘थाहा भयो मेरो एउटा ट्वीटले नेपालका मानिसहरुलाई दुःखी बनाएको छ, म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग खेद व्यक्त गर्छु, मेरो उद्देश्य कसैको चित्त दुखाउनु थिएन, मैले तपाईंहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु ।’

 

केही समय अघि उनले आफ्नो पार्टीको लागि भोट माग्न नेपाली मजदुरहरुलाई जोडेर ट्वीट गरेकी थिइन्। उनले भारतमा प्रधानमन्त्री चुन्नपर्ने भएकाले चौकीदार नचुन्न आग्रह गरेकी थिइन् । ट्वीटमा उनले चौकीदार नेपालबाट ल्याउने र नेपालका चौकीदारहरु चोर नहुने समेत उल्लेख गरेकी थिइन् ।

 

‘प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’ उनले लेखेकी थिइन् ।

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार