• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात,भुटान ३-० ले पराजित

काठमाडौं । साफ महिला  च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले विजयी सुरुआत गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलवार अपरान्ह भएको भुटान विरुद्धको खेलमा नेपालले ३(० को जीत हात पारेको हो । 

 

खेलको १३ औं मिनेटमा मञ्जिलीकुमारी योञ्जनले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यसको तीन मिनेटमा नै डी बक्सको मध्यभागबाट सावित्रा भण्डारीले एकल प्रयासमा  डिफेन्सको फाइदा उठाउँदै नेपालका लागि दोस्रो गोल गरिन्। त्यो सावित्राको २३औं अन्तर्राष्ट्रिय गोल पनि हो। खेलको ५४ औं मिनेटमा राइट कर्नरबाट मन्जलीले गरेको लङ्ग पासमा साबित्राको हेडरलाई कप्तान निरुले वान टच गोल गरेकी हुन् । 

 

त्यसअघि २९ औं मिनेटमा साबित्राले प्रहार गरेको बलले दिशा लिन सकेन् । ४३ औं मिनेटमा करिब ३३ याडबाट मन्जलीले गरेको प्रहार भुटानकी गोलरक्षक संगिता मोङगरले बचाउ गरिन् । 

 

५० औं मिनेटमा भुटानका खेलाडीले अनिता बस्नेतलाई फाउल गरे पछि करिब २५ याडमा पाएको साबित्राको फ्री-किक प्रहारलाई भुटानकि गोलरक्षक संगिता ले बचाउ गरेकी थिइन । ५३ औं मिनेटमा अनिताको वन भर्सेस वनको स्थितिमा गरेको प्रहारले दिशा लिन सकेन ।

 

प्रतियोगिताको दोस्रो खेल बुधबार भारत र माल्दिभ्सबीच खेल हुनेछ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार