• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच  छलफल

विराटनगर — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको बताएका छन् । विराटनगरको सहिद रंगशालामा आजबाट सुरु हुने साफ महिला फुटबल प्रतियोगिताको उद्घाटनको कर्ममा अध्यक्ष दाहालले मङ्गलवार सञ्‍चारकर्मीहरुसँग यस्तो कुरा गरेका हुन् । 

 

प्रधानन्त्रीले अध्यक्ष दाहालसँग पुर्नगठनका बारेमा राय मागेका थिए। 'प्रधानमन्त्रीजीले गर्नुपर्‍यो भने दुईवटा अध्यक्षबीचमा छलफल गरौँला तर अहिले हतारै चाही छैन भन्नुभयो,' अध्यक्ष दाहालले भने, 'यो तपाईंको अधिकार क्षेत्रभित्रको कुरा भएकोले आवश्‍यक मूल्यांकनका आधारमा छलफल गरेर हेरफेर गर्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु।'

 

उनले सरकार र सिके राउतबीच भएको सम्झौतालाई सकारात्मक भन्दै त्यसबारे शंका गर्न नहुने बताए। सरकारले गरेको सम्झौताले संविधानको सर्वस्वीकार्यता वढाउन मद्धत पुगेको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि यो कदम सकारात्मक भएको दावी समेत गरे।

 

सरकार र सीके राउतबीच भएको सहमतिप्रति नेकपाभित्रै विरोध भएको प्रसंगमा उनले भने,‘साथीहरुले बाहिर धेरै नबोल्दा राम्रो हुन्छ भन्ने मेरो भनाइ छ ।’
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार