• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

पहिलो हाफमा भुटानविरुद्ध नेपाल २ गोलले अगाडि

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलको पहिलो हाफमा भुटानविरुद्ध २ गोलले अग्रता लिएको छ । 

 

नेपालका लागि मन्जली कुमारी योन्जनले १३औं मिनेटमा अग्रता दिलाएकी थिइन् ‌।

 

त्यसलगत्तै ३ मिनेटपछि सावित्रा भण्डारीले एकल प्रयासमा सुन्दर गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन । नेपाल रहेको समूहमा भुटान र बंगलादेश रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार