• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

सिके राउतलाई जेल हाल्नुपर्छ : तरुण दल महासचिव शाहि

 

चितवन । नेपाल तरुण दलले स्वतन्त्र मधेस गठवन्धनका संयोजक डांं सिके राउतलाई जेल हाल्न सरकारसंग माग गरेको छ ।

 

 खुलेआम राष्ट्र बिखण्डनको नारा लगाउने छुट कसैलाई  नभएको उनले बताए । 

 

 प्रेस युनियन चितवन शाखाले मंगलवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहिले बिखण्डनका कुरा गर्ने जो कोही कार्वाहीको भागीदार हुनुपर्ने बताएका छन ।

 

‘चाहे सिके राउत होस, चाहे पिके राउत होस जो सुकै होस, बिखण्डनकारी नारा लगाउने सबैलाई जेल हाल्नुपर्छ। यो उ भनेर उन्मुक्ति पाइँदैन’ उनले भने । 

 

पत्रकारहरु संग बोल्दै शाहिले पर्यटनमन्त्रीको निधनसंगै सेलाएको वाईडवडी घोटालाको जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्ने समेत बताएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार