सिके राउतलाई जेल हाल्नुपर्छ : तरुण दल महासचिव शाहि
चितवन । नेपाल तरुण दलले स्वतन्त्र मधेस गठवन्धनका संयोजक डांं सिके राउतलाई जेल हाल्न सरकारसंग माग गरेको छ ।
खुलेआम राष्ट्र बिखण्डनको नारा लगाउने छुट कसैलाई नभएको उनले बताए ।
प्रेस युनियन चितवन शाखाले मंगलवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहिले बिखण्डनका कुरा गर्ने जो कोही कार्वाहीको भागीदार हुनुपर्ने बताएका छन ।
‘चाहे सिके राउत होस, चाहे पिके राउत होस जो सुकै होस, बिखण्डनकारी नारा लगाउने सबैलाई जेल हाल्नुपर्छ। यो उ भनेर उन्मुक्ति पाइँदैन’ उनले भने ।
पत्रकारहरु संग बोल्दै शाहिले पर्यटनमन्त्रीको निधनसंगै सेलाएको वाईडवडी घोटालाको जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्ने समेत बताएका छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस