• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

प्याब्सनको राष्ट्रिय महाधिवेशनः अध्यक्षमा ढुंगाना र पुरीको उमेदवारी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १४ औं राष्ट्रिय महाधिवेशनमा डि.के.ढुंगाना र टीकाराम पुरीले अध्यक्षको उमेदवारी दर्ता गराएका छन्।

 

मंगलबार हुने महाधिवेशनका लागि दुई पटक महासचिव र पछिल्लो समय बरिष्ठ उपाध्यक्ष रहेका डिके ढुंगाना र यसअघि बरिष्ठ उपाध्यक्ष र अध्यक्षमा पराजित भएका टीकाराम पुरीबीच प्रतिस्पर्धा हुनेछ। अध्यक्षका प्रत्यासी ढुंगाना प्याब्सनमा लोकप्रिय मानिन्छन् ।

 

निजी विद्यालयमा भएको अर्बौ रुपयाँको लगानीको संरक्षण र प्याब्सनलाई व्यवसायिक संगठन बनाउने , निजी क्षेत्रमा प्राविधिक विषयको पठनपाठन गराउन कानून मार्फत संवोधन गराउने लगायतका १४ वटा प्रतिवद्धता ढुंगानाले जनाएका छन् ।

 

लायन्स क्लब इन्टरनेशनलको नेतृत्व संहालिसकेका ढुंगाना सामाजिक क्षेत्रमा पनि उत्तिकै परिचित छन् । मोटिभेसनल स्पिकरको रुपमा समेत प्रसिद्ध ढुंगाना ललितपुरका बासिन्दा हुन् ।

 

अर्का प्रत्यासी पुरी विराटनगरका बासिन्दा हुन् ।उनले कम्पनीमा संचालित विद्यालयहरु कम्पनी अन्र्तगत नै चलाउन पाउने व्यवस्था गराउने प्रतिवद्धता जनाएका छन् । महाधिवेशनको उदघाटन सभामुख कृष्णबहादुर महराले गर्ने जानकारी प्याब्सनले दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार