• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
मनोरञ्जन

अशोक र एआरले गाउँदा दर्शकका आँखा रसाए

बाजुरा । उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् ।

 

हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा उस्तैउस्तै योग्यता र परिपक्वता देखिएको थियो । परिचयबाट मञ्च सम्हालेका उनीहरूले आमाभन्दा राम्री कोही छैनन्, संसारमै गीतबाट प्रस्तुति शुरु गरेका थिए । गाउँदा, नाच्दा र संवाद बोल्दा दर्शक मख्ख देखिन्थ्ये ।

 

मनविनाको धन ठूलो कि धनविनाको मन र आमाभन्दा राम्री कोही छैन् संसारमै बोलको गीत गाउँदा दर्शक शान्त बनेका थिए । लाग्थ्यो दर्शक गीतको सङ्गीतमा झुमेका मात्र थिएनन्, शब्दको गहिराइमा डुबेका थिए ।

 

सानै उमेरमा देखिएको प्रतिभा र भावयुक्त गीतमा केही दर्शकका आँखा नै रसाएका देखिन्थे । गीत गाउँदा बीचबीचमा टङ्क बुढाथोकीले पनि साथ दिएका थिए । प्रस्तुतिका लागि तीनै एकसाथ मञ्चमा देखिए पनि अशोक र एआरले नै दर्शकको मन जिते । 

 

अशोक र एआरको प्रस्तुति हेर्न तीन दिनदेखिको प्रतिक्षा पनि दर्शकले मेटाएका छन् । मनोरञ्जन र कला संस्कृतिको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो । तीनै जनाले एकसाथ गाइरहँदा सँगै गाउन र नाच्नमा दर्शकले खुलेरै साथ दिएका थिए । 

 

कार्यक्रम फागुन २३ गतेबाट शुरु भई शनिबार सम्पन्न भएकोे छ । तेस्रो दिन अशोक, टङ्क र एआरसहित अमृता लामिछाने र मोडल दिव्यानी बोहराले पनि प्रस्तुति दिएका थिए । अशोक र एआरसँग फोटोे खिचाउनेको भीड थाम्न स्वयंसेवक र प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

 

कार्यक्रममा चर्चित देउडा गायक प्रकाश थापा, प्रमोद डिजी, हर्क खडायत, रोशनी रोकायासहितका स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार