• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

भारतीय दुतावासमा कविता कृष्णमुर्ती र डा. एल. सुब्रमण्यमको प्रस्तुती

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित इन्डियन वुमन एसोसियशनद्वारा काठमाडौंमा विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक कार्यक्रम गरिएको छ ।

 

कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यिक व्यक्तित्व, विद्यार्थी तथा सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका करिब १५ सय उपस्थित थिए। नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमको प्रमूख आतिथ्यता ग्रहण गरेका थिए।

 

कार्यक्रममा डा. एल. सुब्रमण्यम तथा गायिका कविता कृष्णमूर्तिको साथमा अतुल रनिङ्गा र   फ्रिजो फ्रान्सिस (किबोर्ड), बसन्त कुल्कर्णी (ड्रम्स तथा परकुसन), अल्वेन फर्नाण्डेज (गितार), किथ पिटर्स (बेस गितार), तन्मोय बोस (तबला), पी.एन.एस. फाल्गुन (मृदंगम) र बिनय भिन्सेन्ट (साउण्ड इञ्जिनियर) लगायतले प्रस्तुती दिएका थिए ।

 

डा. एल. सुब्रमण्यम एक विश्व ख्याती प्राप्त भायोलिन बादकका रुपमा परिचित छन्। त्यस्तै कविता कृष्णमूर्ति प्रख्यात बलिउड गायिकाको रुपमा परिचित छन्। उनले विभिन्न १६ भाषामा १,८०० भन्दा बढी गीत रेकर्ड गराइसकेकी छन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार