• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

कांग्रेस सांसद डा. अमरेश सिंहले गरे दोस्रो विवाह 

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा। अमरेशकुमार सिंह वैवाहिक जीवनमा बाँधिएका छन् । ललितपुरको बंगलामुखी मन्दिरमा शनिबार सांसद सिंह कञ्चनपुरकी लक्ष्मी जोशीसँग लगन गाँठोमा कसिएका हुन्।

 

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराइरहेकी जोशी पछिल्लो एक दशकदेखि एकल जीवन बिताउँदै आइरहेकी थिइन् । श्रीमानसँग सम्बन्ध विच्छेद गरिसकेकी लक्ष्मी र अमरेशबीच केही वर्षअघि परिचय भएको थियो।

 

मित्रतामा रुपान्तरित भएको चिनजान अहिले वैवाहिक जीवनमा बदलिएको हो।यतासांसद सिंहको पनि पहिलो वैवाहिक जीवन सुखद हुन सकेको थिएन। डा. सिंहले २०६४ सालमा झापाकी एक युवतीसँग विवाह गरेपनि २०६७ सालमा उनीहरुबीच सम्बन्ध बिच्छेद भएको थियो।

 

शनिबार बंगलामुखीमा सम्पत्र वैवाहिक समारोहमा अमरेश र लक्ष्मीका केही आफन्त तथा साथीहरुको उपस्थिति रहेको थियो। सिंह सर्लाही ४ बाट निर्वाचित सांसद हुन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार