• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

म मज्जाको लागि मात्र लिव–इन रिलेशनमा बस्दिन : कृति सेनन

कृति सेनन

मुम्बई । ‘बरेली की बर्फी’ मेरो लागि फलदायक र करियरको सबैभन्दा राम्रो फिल्म हो । यो भन्दा अघि मैले जुन फिल्ममा पनि अभिनय गरे त्यसमा मेरोे इमेज एउटा अर्बन केटीको जस्तो मात्र भयो । मलाई थाहा छैन् दुई तीनवटा फिल्मबाट मेरो यस्तो इमेज कसरी बन्यो ? तर बन्यो नै । जब ‘बरेली की बर्फी’ प्रर्दशन भयो त्यसपछि दर्शक मेरो अभिनय देखेर चकित हुन थाले । उनीहरु भन्न थाले कि ‘मैले पनि यस्तो अभिनय गर्न सक्छु’ ।  म यसरी नै भिन्न भिन्न तरिकाका भुमिकाहरु गर्दै अघि बड्दै आए । 

 

कृति सनन अब एकपटक फेरी सानो सहर मथुराको केटीको भुमिकामा देखिन लागेकी छिन् । हालै प्रर्दशनमा आएको फिल्म ‘लुका छिपि’ मा वे गुड्डु बनेका कार्तिक आर्यनसँग लिव–इनको सम्बन्धमा देखिएकी छिन् । कृति भन्छिन् ‘लुका छिपि’ बच्चामा खेल्ने एउटा खेल हो । यो एउटा यस्तो खेल हो जसलाई मान्छेले सबैभन्दा पहिला सिकिसकेको हुन्छ । पहिला घरमा आफना भाइबहिनीसंग खेलिन्छ त्यसपछि आफना साथीभाईहरुसँग खेलिन्छ । ठूला भएपछि घर वा छिमेकीसंग पनि खेलिन्छ ।  कहिलेकाही खानालाई लिएर पनि लुकाछिपी भएको थियो । खानामा पहेलो दाल बनेको छ भने त्यो खान मन लाग्दैन र आफनो आमाबाट लुकाएर बाहिर फ्याकिन्छ । 

 

यसको मतबल ठूलो भएपछि कहिले पनि लुका–छिपी खेलिएन ? 
त्यो त खेलेको छु । कहिलेकाही केटासँग फोनमा कुरा गर्दा लुकेर कुरा गर्थे । तर पनि आमालाई कसरी थाहा हुन्थ्यो थाहा छैन । सायद मेरो आवाजको टोन बदलिन्थ्यो वा मलाई लाग्थ्यो की मेरो शरिरबाट पसिना आएको जस्तो देखिन्थ्यो । यसै पनि आफ्नो साथ लेनलाइन छ तर पैरलल लाइन अर्को कोठामा छ भने त्यो फोन उठाउँथे र भन्थे ‘ओहो तिमि हो’ अथवा यसको दश सेकेन्ड पछि फोन राख्ने मान्छेको आवाज आउँथ्यो र कहिले यसै गरी लाइनमा कुनै केटासँग कुरा गरेको सुन्यो भने फेरी सोधपुछ हुन्थ्यो । को हो ? कहाँको साथी हो ? मैले त अहिले सम्म यो केटाको बारेका सुनेको थिइन ।

 

 

तपाईको फिल्म लिव–इन को कुरा गरौं, तपाइले यो शब्द पहिलो कहिले सुन्नु भयो ?
ठूला हुँदाहुदैं वा कलेज पड्दासम्म हामी सबैलाई यसकोे बारेमा थाहा भइनै हाल्छ । तर त्यति बेला यही कुरा सोच्थे की यो सबै कुराहरु गलत हो कि । यसै पनि म मध्यम वर्गको केटी हुँ, त्यसैले मैले सधै यसलाई गलत नै माने । मेरोे घरमा मोडलिङलाई लिएर धेरै कुरा भनेको, सुनेको थिए । मेरो घरमा मेरो उमेरको आफन्तहरु भन्ने गथ्र्थे की, मोडलिङ् गर्दै छे ? हेर पछि केटा पाउंदैनौं अथवा मोेडल वा कलाकारको त विवाह पनि हुँदैन् । तर फिल्म उद्योगमा धेरै थरीका मान्छेहरु सम्पर्कमा आउँछन्, भेटिन्छन् र कुरा गर्छन् । विस्तारै विस्तारै आफुलाई लाग्न थाल्छ की मैले कुनै कुरालाई कसरी सिधा भनिरहेको छु । मैले कहिले किन सोचिन की कुनै कुरा गलत हो भने मैले किन त्यो गलत कुरा  कसरी गलत हो भनेर थाहा पाउन चाहिन त ।

 

अहिले लिव–इनको बारेमा तपाईलाई के लाग्छ ?
अहिले लाग्छ कि  लिव–इन मा त्यस्तो के गलत छ  ? हामी जिन्दगीमा एक चोटी मात्र विवाह गर्न चाहन्छौं । त्यसैले हामी मागी विवाह गर्छौ वा प्रेम विवाह  त्यो हामी आफुमा निर्भर हुने कुरा हो र हामी त्यसलाई राम्रो या नराम्रो दुबै भन्न सक्छौं । तर कुनै बेला थाहा हुनुपर्छ को कसरी बसिरहेको छ ? रात सुत्दा को कति घुर्छ ।  अरु पनि यस्तो कुरा जान्न चाहन्छन, जो संगै बस्दा मात्र थाहा पाइन्छ । 

 

 

आफ्नो रियल जिन्दगीमा तपाई कहिल्यै लिव–इन मा बस्नुहुन्छ त ?
म केही काँन्जर्वेटिभ सोच भएको पविारबाट हुँ, मलाई लाग्दैन की मेरो बुबा आमाको विरुद्धमा गएर लिव–इन गर्न सक्छु  । तर कुनै बेला यस्तो समय आइहाल्यो भने तब म लिव–इन बस्छु, त्योबेला मेरो दिमागमा विवाहलाई लिएर गहण कुराहरु आउँछन् । म यति कै वा मज्जाको लागि लिव–इन गर्दिन । 

 

यो फिल्म अभिनय गरे पश्चात आफ्नो नयां सन्तान अथवा आफ्नो बच्चाहरुका लागि लिव–इन गर्न सल्लाह दिनुहुन्छ ?
कहिले चाहन्न । म कहिले चाहन्न की उनीहरु लिव–इन गरुन  । तर पनि म अहिले देखि सोच्न चाहन्न र त्यतिबेलाको कुरा त्यतिबेला नै थाहा हुन्छ । वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार