• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

डबली बुक क्याफे अब काठमाडौमा 

काठमाडौं । चितवनबाट सुरु भएको डबली द स्पेश बुक क्याफेले आफ्नो सेवा अब काठमाडौंमा पनि शुरु गर्ने भएको छ । १० महिनाअघि भरतपुरमा सुरु भएको क्याफेले बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरसँगको सहकार्यमा आफनो  शाखा बिस्तार गर्न लागेको हो ।  

 

फागुन २१ गते डबलीका तर्फबाट सञ्चालक इन्द्रध्वज क्षेत्री र शिल्पी थिएटरबाट निर्देशक घिमिरे युवराजबीच शाखा सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर भएको छ । 

 

क्याफेमा पुस्तक पसल, उच्चस्तरीय नेपाली बिन्जबाट बनेको कफी र बेकरी सेवाहरु उपलब्ध हुने संचालक क्षेत्रीले बताउँछन् । यस्तै डबलीमा समसामयिक साहित्य र सामाजिक विषयवस्तुमा नियमित छलफल गरिनेछ।

 

बुक क्याफे सञ्चालनले रंगकर्मलाई अझ ज्ञान र अभिव्यक्तिको केन्द्र बनाउन सघाउने शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज बताउँछन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार