• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

राजधानीमा १५ औं औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव सुरु

नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। नेपाल घरेलु तथा साना महासंघद्धारा आयोजित मेला फागुन २३ गते देखि २७ गते सम्म प्रदर्शन हुनेछ । 

 

मुलुक औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले मुलुकभरका लघु, घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित वस्तुहरुको राष्ट्रिय तथा अन्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ । यस पटकको  प्रदर्शनीमा कृषि व्यवसायको प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकता राखी प्राङ्गारिक कृषि मेलाको समेत आयोजना गरिएको छ । 

 

नेपाल लगायत प्रदर्शनीमा  भारत, पाकिस्तान, बंगलादेश, भुटान र श्रीलंका तथा चीन राष्ट्रका उद्यमीहरुको सहभागिता  रहने र दुई सयभन्दा बढी स्टलहरु प्रदर्शनीमा राखिने जनाइएको छ । । 

 

महिला उद्यमशीलता, नविकरणीय उर्जा तथा उपयुक्त प्रविधि समेतलाई जोडेर सामाजिक र साँस्कृतिक महत्व समेत राख्ने तथा पर्यटकीय विकासका हिसाबले समेत महत्वपूर्ण रहेका मुलुकहरुका ग्रामीण दुर दराजका नेपाली मौलिक उत्पादनहरुको बृहत प्रदर्शनी हुनेछ ।  प्रदर्शनीको मुख्य उद्देश्य भनेको लघु, घरेलु, साना तथा महिला उद्यमी र कृषि व्यवसायमा संलग्न उद्यमीका उत्पादनको राट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्नु रहेको छ । 

 

प्रदर्शनीको मुख्य आकर्षणहरुमा लघु, घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित एवं छरिएर रहेका मौलिक बस्तुहरु, महिला उद्यमीद्धारा उत्पादित बस्तुहरु, प्राङ्गारिक कृषि उत्पादनहरु, उपयुक्त एवं नविन प्रविधिहरु, अन्तराष्ट्रियस्तरमा उत्पादित औद्यौगिक वस्तुहरु, विकास साझेदारका कार्यहरु, बैंक तथा वित्तिय संस्था लगायत व्यवसायिक विकास सेवा अन्तरक्रिया र सेमिनार रहेको छ । 

 

यसै गरी यस प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न साँस्कृतिक एवं परम्परागत रुपमा निर्मित भएका वस्तुहरु जस्तै काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुडाहरु बाँस, वेतवाँस, गलैंचा, राडीपाखी, पश्मिना, अल्लो, जुट, नेपाली हाते कागजातहरु, हस्तकला आदि जस्ता बस्तुहरु हेर्न सकिन्छ ।  प्रदर्शनीको उद्घाटन आज हुँदैछ  । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार