विरुवा सहकारीको चारदिने अवलोकन भ्रमण सुरु
पोखरा । विरुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चारदिने अवलोकन भ्रमण सुरु भएको छ । संस्थाको बार्षिक कार्यक्रम अनुरुप बुधबार अवलोकन भ्रमण सुरु भएको हो ।
बुधबार विहान संस्थाका अध्यक्ष चित्रराज बराल (गोपाल) को नेतृत्वमा ८० जना भन्दा बढीको टोली पोखरा देखी हिडेको हो ।
टोली स्वर्गद्वारी,सुर्खेत,दाङ तुलसीपुर, लुम्बिनी हुदै सिजी हुदै पोखरा फर्किने कार्यक्रम रहेको छ । संस्थाका शेयर सदस्यहरु बिच आत्मियता बढाउने तथा विभिन्न सहकारीको अवलोकन भ्रमण गर्ने उदेश्यका साथ हिडेको बरालले जानकारी दिए ।
टोलीमा सञ्चालक सदस्य, सल्लाहकार, विभिन्न उपसमिति सदस्य तथा कर्मचारीको सहभागीता रहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस