• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सवमा ‘बिटुलो आख्यान’ मञ्चन

विराटनगर । विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सवको सातौँ दिन मंगलबार ‘बिटुलो आख्यान’ नाटक मञ्चन भएको छ । 

 

फागुन १५ गते देखि सुरु भएको महोत्सवमा मंगलबार झापाको परिवर्तन थिएटरले बिटुलो आख्यान मञ्चन गरेको हो । महोत्सवमा भोली बुधबार अफगानिस्तानको पर्वाज थिएटर ग्रुपले ता रेहाये मञ्चन गर्नेछ । आरोहण, विराटनगरको सुशीला कोइराला नाटकघरमा सुरु भएको महोत्सवको पहिलो दिन आयोजकले विराट पर्व नामको नाटक मञ्चन गर्यो । त्यस्तै दोस्रो र तेस्रो दिन इटालीको इन्स्ताबिली भंगान्तीले ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गर्यो ।

 

महोत्सवको चौथो दिन भारतको रित्विक थिएटरले चम्पावती नाटक मञ्चन गर्यो । यस्तै पाँचौ दिन काठमाडौको गार्डेन थिएटरले मेमोरी यार्ड र सातौँ दिन झोराहाट नाट्य समूहले घर भित्रको अर्को घर मञ्चन गरेको थियो ।

 

फागुन २४ गते सम्म चल्ने महोत्सवमा थिएटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ २३ गते र कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ २४ गते मञ्चन हुनेछ । अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका र पोख्त नाट्यकर्मीहरुसँग एकै मञ्चमा काम गर्न पाउँदा स्थानीयस्तरमा रहेका नाट्कर्मी र प्राविधिक लाभान्वित हुने नाट्कर्मीहरुको बुझाइ छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार