• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

महोत्सवको छैठौं दिन थिएटर मलमा 'आरन', कौशीमा 'पाँच', शिल्पीमा 'ता रेहाए' र मण्डलामा 'जोखाना' मञ्चन 

काठमाडौं । नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सवको छैटौ दिन थिएटर मलमा 'आरन', कौशीमा 'पाँच', शिल्पीमा 'ता रेहाए' र मण्डलामा 'जोखाना' मञ्चन भएको छ ।  

 

ता रेहाए

 

‘ता रेहाए’ (स्वतन्त्रतातर्फ) ले प्रेम र मानवीयताको शक्तिलाई सब्केत गर्दछ । जुनसुकै जात, धर्म, समुदाय, वर्ण, भूगोलका कारण जहाँको भए पनि मानिस प्रेम गर्न सक्षम छ र असल मान्छे बन्न सक्षम छ भन्ने सत्यलाई यसले उजागर गर्छ ।

 

नाटकले अफगानिस्तानका विभिन्न जातिहरूलाई एकीकृत गर्न खोजेको छ । तालिबानहरू पनि अफगानिस्तानी नै हुन् भन्ने कुरालाई अफगानस्तानमा बिर्सिँदै जान थालिएको बेला जो तालिबान बने, ती सबै रहरले बनेका हैनन् र उनीहरूका पनि आफ्नै पीडा होलान् भन्ने जस्ता पक्षहरू उजागर गर्दै यस नाटकले फरकपनालाई पनि स्वीकार गर्न सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।

 

आरन

 

मिश्रित भाषा, संस्कृति, वेशभूषा र जनजीवन रहेको सोलुखुम्बुको पृष्ठभूमिमा बनेको यस नाटकमा अन्र्तजातीय प्रेमविवाहमार्फत सामाजिक सम्बन्धको जटिलतालाई केलाउन खोजिएको छ । काइँलाकी छोरीको आफूभन्दा ठूलो भनिने जातको केटासँग प्रेमविवाह हुन्छ । त्यसपछि काइँलोलाई समाजमा सहज तरिकाले बाँच्न अप्ठ्यारो पर्छ । सामाजिक विभेदका कारण काइँलोले खप्नु परेको अन्याय र अन्ततः उसको विद्रोहको गाथा नै नाटकको मूल विषय हो ।

 

हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन र संस्कृतिमा आधारित नाटक आरनलाई आशुरचना विधिबाट तयार पारिएको हो । यसको ‘स्क्रिप्ट’ छैन । नाटकमा दलित समुदायको जनजीवनसँगै क्षेत्री–बाहुनको बालन नाच, तीज गीत र राईहरूको साकेला नाच जोडिएर आउँछन् । सुसंस्कृत समाजका लागि एकले अर्को समुदायलाई सम्मान गर्नुपर्ने कुरा नाटकमा देखाइएको छ। यसमा सोलुखुम्बुका स्थानीय कलाकारहरूले अभिनय गरेका छन् ।

 

जोखना

 

दशवर्षे द्वन्द्वकालको समयमा आफ्नो श्रीमान गाउँबाट हराए पछि एउटी महिलाले भोग्नुपरेको घटनाक्रमको संक्षिप्त र मर्मस्पर्शी कथा हो नाटक जोखाना । मानिस हराएको घटनाले कसरी कसैमाथि मानसिक तनाव सिर्जना हुन्छ र त्यसका असरहरू कति गहिरोसँग निर्माण हुन्छन् भन्ने कुरा नाटकमा सुष्म ढंगले देखाइएको छ ।

 

सांस्कृतिक संस्कारको पृष्ठभूमिमा निर्मित यस नाटकले वर्तमान नेपाली युवाहरूको आम अवस्थालाई पनि नियालेको छ । यो नाटक केवल धनसुवाको नियतिको ऐना मात्रै होइन, द्वन्द्वको त्रासदीको अनेकौँ गाथाहरूको प्रतिनिधि बयान पनि हो ।

 

पाँच

 

मञ्चमा पाँचजना कलाकारहरुको जीवनको बिभिन्न आयामहरुको बारे खोजी गर्छन । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार