• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

बिराटनगरमा ‘चम्पावती’

विराटनगर । बुधबारदेखि विराटनगरमा सुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा शनिबार ‘चम्पावती’ नाटक मञ्चन भएको छ । भारत बेहरामपुरको रित्विक नाटक समूहले सर्प नचाउने समुदायको कथा मञ्चमा उतारको हो । 

 

दुइ महिलाको साहस र संघर्षको कथा नाटकमा देखाइएको छ । फागुन १५ गते देखि आरोहण, विराटनगरको सुशीला कोइराला नाटकघरमा सुरु भएको महोत्सवको पहिलो दिन आयोजकले विराट पर्व नामको नाटक मञ्चन गर्यो । त्यस्तै दोस्रो र तेस्रो दिन इटालीको इन्स्ताबिली भंगान्तीले ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गर्यो ।

 

फागुन २४ गते सम्म चल्ने महोत्सवमा विभिन्न ९ नाटक मञ्चन हुनेछन् जसमा ४ वटा अन्य देशका र नेपालका ५ नाटक मञ्चन हुनेछन् ।  महोत्सवमा बंगलादेशबाट पनि नाटक समूह सहभागी हुने भनिए पनि अन्तिम समयमा आएर सो समूहले सहभागी हुन नसक्ने जानकारी गराएको आयोजकले जनाएको छ ।  कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगरले महोत्सव आयोजना गरेको हो ।

 

भोली आइतबार श्रींलंकाको ‘लभ एण्ड लाइफ’ मञ्चन हुनेछ । त्यस्तै झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’ २० गते, परिवर्तन थिएटर काँकडभिट्टाको ‘विटुलो आख्यान’ २१ गते, अफगानिस्तानको ‘ता राहाये’ २२ गते, थिएयटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ २३ गते र कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ २४ गते मञ्चन हुने निश्चित भएको छ ।

 

अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका र पोख्त नाट्यकर्मीहरुसँग एकै मञ्चमा काम गर्न पाउँदा स्थानीयस्तरमा रहेका नाट्कर्मी र प्राविधिक लाभान्वित हुने नाट्कर्मीहरुको बुझाइ छ ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार