• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

काठमाडौंमा मनाइयो ११ औं अन्तराष्ट्रिय ह्वीलचेयर दिवस 

काठमाडौं । शारीरीक अपांगता भएकाहरुलाई रोजगारी र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दै नेपालमा ११ औं अन्तराट्रिय ह्वीलचेयर दिवस मनाइएको छ । 

 

यसै अवसर पारेर राष्ट्रिय अपांग महासंघ, नेपालको आह्वानमा काठमाडौंको भृकुटिमण्डपमा र्‍याली सहितको प्रभातफेरी कार्यक्रम  विहान आयोजना गरिएको थियो ।

 

शारीरीक रुपमा अपांगता भएका नागरिकहरुलाई दिइएको संवैधानिक अधिकार कार्यन्वयनमा लैजान सरकारसंग माग गर्दै अन्तराष्ट्रिय ह्वीलचेयर दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपबाट सहिनगेट, न्यूरोड, शान्ति बालिका हुंदै पुनः भृकुटीमण्डपसम्म र्‍यालीको प्रभातफेरी फेरी कार्यक्रम आयोजना गरिएको थियो । 

 

कार्यक्रममा सहभागी शारिरीक रुपमा अशक्त राष्ट्रिय सभाको सांसद प्रकाश पन्तले शारिरीक रुपमा अपांगता भएका नागरिकहरुलाई रोजगारी सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न सरकारसंग माग गरेको थियो । 

 

उनले शारीरीक रुपमा अपांगता भएका संघ, संस्थाहरुलाई संविधानले व्यवस्था गरेको रोजगारी दिने, सामाजिक सुरक्षाको उचित प्रबन्ध गर्ने लगायतको व्यवस्था कार्यान्वयनको लागि सरकारलाई आवश्यक दवाव दिन आग्रह गरेको छ । 

 

कार्यक्रममा सहभागी भएका शारिरीक रुपमा अपांगता भएकाहरुले आफूहरुलाई सहानुभूति नभई रोजगारी र सामाजिक सुरक्षाको उचित प्रबन्ध गर्न सरकारसंग माग गरेका थिए । उनीहरुले आफुलाई हेय भावनाका साथ नहेर्न पनि राज्यका सबै निकायलाई सचेत गराएका छन् । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार