• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सधै सम्झनामा विनोद मेहरा 

मुम्बई । बलिउड फिल्मी नगरीमा कहिले कुन कलाकार चर्चित हुँदाहुदै अस्ताउँछ त्यो कसैले अनुमान लगाउन सक्दैन । यो यस्तो कुरा हो जसमा कुनै ज्योतिष होस् या अरु कोही कसैको अनुमान चल्दैन ।  पुराना जमानाका चकलेटी नायक बिनोद मेहरा जो अहिले पनि धेरै दर्शकको मनमा बसेको छन् र उनी अहिले पनि धेरैको सम्झनामा आईरहन्छन् । सन् १९७१ म फिल्म ‘एक थी रीटा’ बाट कलाकार बिनोद मेहरा एकाएक चम्किएका थिए । त्यस फिल्ममा उनको नायिका थिइन तनुजा ।

 

मुम्बईको चर्चगेटको गेलाड नामक एक रेस्टुंरामा पचास–साठीको दशकमा फिल्मी क्षेत्रमा संघर्ष गरिररहेका कलाकाहरुको जमघट हुने ठाँउ थियो । त्यहाँ रुप के.शोरी नामका फिल्म निर्देशक प्राय आउने जाने गर्थे । उनको आँखा कलाकार बिनादे मेहरा तिर यसरी जम्यो कि उनले उनलाई आफनो फिल्ममा सिधै नायकको भुमिकामा अफर गरिहाले ।  

 

यसअघि कलाकार बिनोद मेहरा कलाकारको रुपमा क्यामेराको अगाडी आईसकेका थिए ।  आउने बानी भइसकेको थियो । फिल्म ‘रागिनी’ मा किशोर कुमारको बाल्य अवस्थाको भुमिकामा उनी देखिएका थिए । आई.एस.जौहरको फिल्म बेवकुफ (१९६०) र विजय भट्टको अंगुलिमाल (१९६०) मा सानातिना अभिनयमा पनि विनोद देखिने गर्थे । 
 

 

नायिका मौसमीले बदलेको मौसम

 

१३ फरवरी १९४५ को जन्मेको विनोदको फिल्मी जीवनको मौसमलाई हराभरा बनाउनुमा अभिनेत्री मौसमी चटर्जीको ठुलो हात  छ । शिक्त सामंतको फिल्म अनुराग (१९७२) मा मौसमी(विनोद पहिलो चपटक एकसाथ पर्दामा देखिएका थिए । अभिनेत्री मौसमी एक दृष्टिहिन युवतीको भुमिकामा देखिएकी थिइन । विनोद एक आदर्शवादी नायक थिए र आफ्नो पिताको इच्छाको विरुद्धमा पनि उनी मौसमीसंग विवाह गर्न चाहन्थे । 

 

यसपछि फिल्म उस पार (बसु चटर्जी), दो झुठ (जीतू ठाकुर) तथा स्वर्ग नरक (दसारी नारायण राव) उनी मा मौसमको नायक बने । विनोदको स्वतंत्र रुपले नायक बन्ने र नायिकासंग मायाप्रिति लगाउने   अथवा पेडोंको इर्दगिर्द गीत गाउने अवसर उनलाई ए ग्रेडको फिल्ममा भन्दा बी ग्रेडको फिल्ममा धेरै मिल्यो किनकी ठूला ठूला निर्देशकको फिल्ममा उनलाई धेरैजसो दोस्रो प्रमुख भुमिकाका नायक भनेर चिनिन्थ्यो ।

 

त्यसबेला मल्टिस्टार फिल्मको बेला थियो । विनोद खन्ना, राजेश खन्ना, संजीव कुमार, धर्मेन्द्र, जीतेन्द्र तथा अमिताभ भएको बेला विनोद मेहराले फिल्महरुमा अभिनय गर्ने धेरै मोका पाउँदैन्थे । 

 

संधै हाँसी मात्र रहने

बिनोद मेहराको क्यारियरमा एउटा दुख उनले यो पाए कि उनले बलिउडमा डुलो बैर्नसको पिःलममा त्यति अभिनय गर्न पाएनन् । बी.आर. चोपडाको फिल्म द बर्निंग ट्रेनमा उनी सवारी गरेको थिए । तर यस फिल्ममा ट्रेनको अन्य कलाकारहरुको पनि भीड थियो जसमा उनी खासै याद गरिएनन् । यती हुँदा हुँदै पनि बर्निङ टे«न बलिउड फिल्म नगरीमा नराम्रो तरिकाले जलेको थियो । कोही चर्चित अथवा सफल व्यक्ति आफ्नो साक्षात्कारमा बर्निङ ट्रेनको कुरा नै गर्न चाहदैन्थ्यो । यो फिल्ममा बिनोद मेहरा भए नभएको खासै मतलब देखिदैन्थ्यो ।  

 

मेहरालाई दक्षिण भारतीय फिल्मका निर्देशकले पनि फिल्ममा अभिनय गर्ने मौका दिए । यस्ता निर्देशकहरुमा कृष्णन् पंजू (शान्दार), आर.कृष्णमूर्ती (अमरदीप), एस. रामानाथन् (दो फूल तथा सबसे बडा रुपैंया) तथा दसारी नारायण राव (स्वर्ग नरक) को नाम उल्लेखनीय छ । 

 

८० को दशकमा विनोद मेहराले विभिन्न फिल्महरुमा अभिनय गरे । तर यस फिल्ममा जो मुख्य नायकनायिका थिए तिनीहरु सबैले लोकप्रिय भए तर बनिोद मेहराको नाम भने कमै सुनियो । मोहन सहगल निर्देशित फिल्म ‘कर्तव्य’ को सफलता कलाकार धर्मेन्द्र र रेखाको नाममा गयो । 

 

बेमिसाल (ऋषिकेश मुखर्जी) र खुद्दार (रवि टंडन) को मेहनतको लाभ अमिताभ बच्चनले उठाए । लाल पत्थरमा राजकुमार–हेमा मालिनीको स्क्रीन टेस्ट विनोद माथि भारी प¥यो । शोलेको गब्बर सिंह उर्फ अजमद खानको नाम यती धेरै सुनिन थाल्यो कि उनले चोर पुलिस फिल्म बनाएर आफु घाटामा रहे । यसमा विनोदलाई उनले मौका पनि दिए तर त्यसको काममा लागेन ।

 

रेखासंग प्रेम र विवाह

 

विनोद मेहरा र रेखाको प्रेमको चर्चा बलिउडमाअहिले पनि धेरै सुनिन्छ । त्योबेला यतीसम्म चर्चा भयो कि दुबैले विवाह गरे । तर यो साँचो हो या झुठो कसैलाई थाहा थिएन । त्यसै विनोद मेहराले तीन विवाह गरिसेकका थिए । 

 

मीना बोक्रा उनको पहिलो श्रीमती थिइन । विवाहित विनोदको मन बिन्दिया गोस्वामीमा गयो जसको साथ विनोदले केही फिल्महरुमा  अभिनय पनि गरे । यी दुुई पनि धेरै समय संगै बस्न सकेनन् । अखिरमा अलग भए । यसपछि बिनोद मेहराको बिवाह किरणसँग भयो । किरण र विनोदको छोरी र छोरा छन्  । 

 

गुरुदेव पूरा हुन पाएन

 

बलिउडमा खासै जम्न नसकेको कारण विनोद मेहरा प्राय उदास–उदास नै रहने गर्थे । जब अभिनेताको भुमिकामा उनी खासै जम्न सकेनन् त्यापनि उनले फिल्म निर्देशन गर्ने अठोट लिए । उनले ऋषिकपूर–अनिल कपूर र श्रीदेवीलाई लिएर फिल्म ‘गुरुदेव’ शुरु गरे  तर गुरुदेवको बन्नलाई धेरै समय लाग्यो । 

 

फिल्मका लागि यी कलाकारहरुले बिनोद मेहरालाई समय दिन धेरै नै आनकानी गरे भन्ने कुरा पनि सुन्ने गरिन्छ । यसले उनी सधै तनावमा नै देखिन्थे । उनको यो फिल्म प्रलर्शन हुन अघि ने उनको भृत्यु भएको थियो । ३० अक्टोबर १९९० मा विनोद मेहराको मृत्युले यी सबै कुराहरुमा पुर्नविराम लागाइ दियो । अचानक मुटुको समस्याले गर्दा उनले ४५ वर्षको उमेरमा यो धर्तीबाट बिदा लिनु पर्यो । 

 

उनको मृत्युपछि प्रतीक्षा (१९९३, लाँरेन्स डिसुजा), सरफिरा (१९९२), इंसानियत (१९९४), टोनी जुनेजा) जस्तो केही फिल्महरु प्रदर्शन भए तर पंछी ले आफ्नो पिंजडा छोडिसकेको थियो । हेर्ने नै हो भने बिनोद मेहराले बलिउडमा आफुलाई खासै जमाउन त सकेनन् । उनी बलिउड फिल्म नगरीमा हावा जसरी आए र हावा जसरी नै उडेर गए । 
 

 

बिनोद मेहरा अभिनित फिल्म
लाल पत्थर (१९७२), अनुराग (१९७२), सबसे बडा रुपैंया (१९७६), नागिन (१९७६), अनुरोध (१९७७), साजन बिना सुहागन (१९७८), घर (१९७८), दादा (१९७९), कर्तव्य (१९७९), अमर दीप (१९७९), जानी दुश्मन (१९७९), बिन फेरे हम तेरे (१९७९), द बर्निंग ट्रेन (१९८०), टक्कर (१९८०), ज्योती बने ज्वाला (१९८०), प्यारा दुश्मन (१९८०), ज्वालामुखी (१९८०), साजन की सहेली (१९८१), बेमिसाल (१९८२), स्वीकार किया मैंने (१९८३) लाँकेट (१९८६, प्यार की जीत (१९८७) । वेभ दुनियाँ


 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार