• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

नेपालका प्रितम र आयुष भारतीय रियालिटी शो सारेगमपमा चम्किँदै

काठमाडौं । सुनसरीको इटहरी का ११ वर्षीय बालक प्रितम आचार्यले भारतको  रियालिटी शो 'सारेगमप लिल च्याम्प्स' मा गत आइतवार 'बचना ए हसीनों, लो मैं आ गया'... गाएपछि त्यहाँको माहोल एकाएक तातेको थियो ।

 

भारतीय गायिका ऋचा शर्मा तथा गायकद्वय शान तथा अमाल मल्लिक उनको गीत सुनेर निकै हौसिएका थिए। निर्णायकहरूको ठूलो समूह 'ग्रान्ड ज्युरी' ले प्रितमलाई शतप्रतिशत नम्बर दिएका थिए।

 

त्यस्तै त्यसैको अघिल्लो दिन  शनिवार सिन्धुपाल्चोक स्थायी घर भई हाल भक्तपुरको नयाँ ठिमीमा बसोबास गर्ने अर्का प्रतियोगी १२ वर्षीय आयुष केसीले 'कुछ ना कहो‘... बोलको गीत गाएका थिए। उनको यो गीत सुनेर निर्णायक शानले आयुषको प्रस्तुतिको धरै धेरै प्रशंसा गरेका थिए।

 

बच्चाहरूको सङ्गीतिक प्रतिभा प्रस्तुत गरिने जी टीभीको सो प्रतियोगितात्मक कार्यक्रमको २०१९ को संस्करणमा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी प्रतिस्पर्धामा छन्।

 

उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले उत्कृष्ट १६ मा पुगेका छन्।

 

प्रितम कक्षा छ र आयुष कक्षा सातमा अध्ययनरत छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार