• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

‘डाइङ क्याण्डल’ उत्कृष्ट चलचित्र

काठमाडौं । ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सोमबार सम्पन्न भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट काठमाडौंमा सुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ ले हात पारेको छ ।

 

नरेशकुमार केसीद्वारा निर्देशित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद ५० हजार रुपैयाँ सहित  अवार्ड प्रदान गरेका हुन्। यसैगरी निर्देशक केसीले नै उत्कृष्ट कथा निर्देशक समेतको अवार्ड हात पारेका छन् । उत्कृष्ट स्क्रीन चलचित्र अवार्ड शिवम् अधिकारीद्वारा निर्देशित ‘पञ्चायत’ चलचित्रले प्राप्त गरेको छ । 

 

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजित  महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत शर्ट फिल्म तर्फ भारत र बँगलादेशको संयुक्त सर्ट फिल्म  ‘मिन आलाप’ ले उत्कृष्ट लघु चलचित्रको अवार्ड हात पार्न सफल भयो । यो चलचित्रले पाँचसय अमेरिकी डलर सहित माउण्ट एभरेस्ट अवार्ड अवार्ड प्राप्त ग¥यो । चलचित्रलाई सुवर्ण सन्जुती तुसीले निर्देशन गरेका हुन ।

 

नेपाली पानोरामा अन्तर्गत नै सेनाङ ग्याम्जो तामाङले निर्देशन गरेको भिक्षु सम्बन्धी निकै रोचक लघु फिल्म ‘सुपरमँक’ले उत्कृष्ट नेपाली शर्ट फिल्मको अवार्ड सहित २५ हजार रुपैयाँ पायो । 

 

चलचित्र निर्देशक एवम कलाकार नीर शाहको संयोजकत्वमा भारतका चलचित्रकर्मी प्रेमेन्द्र मजुमदार, चीनको बेजिङ्ग फिल्म एकेडेमीका प्रोफेसर ल्याङ्ग स्याओ र क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच लगायत निर्णायक थिए ।

 

यस्तै महोत्सवमा नयाँ चलचित्र लेखक निर्देशकलाई लक्षित गरेर उत्कष्ट कथा बाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो । ‘स्टोरी पिच’ शिर्षकमा गरिएको यो प्रतियोगितामा काशीनाथ कथाबाट दिवस अम्गाईंले र अर्को कथाबाट सजन लोप्चनलाई अवार्ड प्रदान गरिएको थियो । यी दुबैलाई कार्यक्रममा जनही ४० हजार रुपैयाँ प्रदान गरियो ।

 

दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव सोचेको भन्दा निकै सफल भएको महोत्सव आयोजक समितिका अध्यक्ष एवम् चलचित्रकर्मी केपी पाठकले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार