• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

शान्ति सुरक्षामा सुधार : गृह

काठमाडौं । राजधानी काठमाडौं लगायत झन्डै दर्जन जिल्लामा नेक्रवित्रम चन्द नेतृत्वको नेकपा माओवादीले शृंखलाबद्ध बम विस्फोट गराइरहेकै बेला गृह मन्त्रालयले भने पछिल्लो एक वर्षमा गृह प्रशासनको सुधार र शान्तिसुरक्षामा उल्लेख्य सुधार भएको दाबी गरेको छ । एक वर्षको कार्यसमीक्षा गर्दै गृहले जारी गरेको ‘गृह प्रशासन सञ्चालनको एक वर्ष, संरचनागत सुधार, शान्तिसुरक्षा र सुशासनको आधार वर्ष’ शीर्षकको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो ।

 

त्यस्तै गृहले स्थानीय तहसम्म प्रहरी संरचना विस्तार गरिएको र प्रहरीको गतिशीलतामा १३ दशमलव १५ प्रतिशतले वृद्धि भएको र सशस्त्र प्रहरीको सीमा सुरक्षामा उपस्थिति बढाइएको उल्लेख छ । प्रतिवेदनले नेपालको सीमा सुरक्षातर्फ सशस्त्रको थप १० बोर्डर आउटपोस्टसहित ५६ वटा नयाँ इकाई स्थापना गरिएको जनाएको छ ।

 

त्यस्तै गृहले पछिल्लो एक वर्षमा संगठित अपराधको सञ्जाल ध्वस्त पारेको दाबी गर्दै यो अवधिमा ७५ प्रतिवादी मध्ये ४६ पक्राउ गरेको, ३१ फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको जनाएको छ । कान्तिपुर दैनिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार