• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

सुरु भयो मिस नेपाल–२०१९ को खोजी

काठमाडौं । आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ ।  ‘द हिडन ट्रेजर’ले आज पत्रकार सम्मेलनमा  मिस नेपाल–२०१९ को लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

 

आवेदन भर्दा  तोकिएको मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।‘

 

मिस नेपालको अडिसन काठमाडौंसहित आठ शहरमा  हुनेछ । यस अन्र्तगत धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा मार्च १३–१५ मा अडिसन लिइनेछ भने चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७–१९ मा अडिसन लिइनेछ । फाइनल अडिसन भने मार्च २४ मा काठमाडौंमा हुनेछ ।

 

मिस नेपालका लागि अन्य २० देखि २५ जना सहभागी अन्तिम राउन्डको लागि छनौट गरिनेछ । उनीहरुलाई मिस हङकङ, मिस ओशियाना, मिस पोखरा, मिस पूर्वाञ्चल र मिस पश्चिमाञ्चल लगायतका सौन्दर्य प्रतियोगिताबाट विजेता भएर आएका प्रतियोगीसँग सम्मिलित गराइने आयोजकले जनाएको छ ।

 

अडिसनबाट छनौट भएर आएका प्रतियोगीलाई ६ महिनासम्म ग्रुमिङ सेसनमा राखिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने सन् २०१९ मे ९ मा हुनेछ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार