• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

हिन्दू राष्ट्र र राजतन्त्र माग राप्रपाको दबाबमूलक अभियान शुरु

काठमाडौं । राजसंस्थासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा सङ्घीयताबारे जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहलगायत माग गर्दै आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीले दबाबमूलक अभियान शुरु गरेको छ ।

 

फागुन ३० गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने उक्त अभियानमा महँगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने लगायत माग गरिएको छ ।

 

त्यस्तै, अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई ज्ञापन पत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षता तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न माग गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थमा केन्द्रित भएरअघि बढन सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन्। उनले दलीय स्वार्थभन्दा  माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने बताए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार